निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी « Khabarhub

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ ।
    
भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए । उनका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका हेल्थ डेस्कबाट निगरानी भइरहेको छ । 

‘नाकाका सबै हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ’, जोशीले भने– ‘हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई निपाह भाइरसबारे अभिमुखिकरण समेत गराइएको छ ।’ 

उनले कोभिड–१९ को समयमा बनाइएका आइसोलेस वार्ड समेत तयारी अवस्थामा राखिएको बताए।

भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण देखिएकाले यसको जोखिम पश्चिम नेपालभन्दा पूर्वी नेपालका नाकामा बढी रहेको स्वास्थ्यकर्मी बताउँछन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्रसिंह रावलले नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत सङ्क्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए। 

‘नाकाबाट नेपाल भित्रिने क्रममा ज्वरो आएका र संकास्पद व्याक्तिमाथि हेल्थ डेस्कका कर्मचारीले निगरानी राख्दै छन्’, प्रमुख रावलले भने– ‘सङ्क्रमणको शंका भएका व्यक्तिको स्वाव संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाउँछौ ।’ 

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि अव्यवस्था मिलाइएको प्रमुख रावलले बताए । निपाह भाइरस चमेरो, सुँगुर र सङ्क्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यान दिएर रोकथामका उपाय अपनाइएको उनले बताए।    

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  १२ : २३ बजे

काठमाडौँमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु

काठमाडौँ– हिमालयन रिम फिल्म प्रदर्शनी सुरु भएको छ । ‘मार्शल

विश्वकप २०२६ का सबैभन्दा महंगा प्रशिक्षक को हुन् ?

फिफा विश्वकप २०२६ अब ढोकामै आइपुगेको छ। अमेरिका, मेक्सिको र

भोजपुरको षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर– भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी

म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक

प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका