आजका समाचार : वालेन्द्र नेतृत्वको सरकारप्रति सत्ता-प्रतिपक्ष दुवै आक्रोश, ग्यास झन् झन् हाहाकार, मन्त्री नै बनिन् लाचार र हतियार खरिदमा युक्रेनलाई ईयुको सहयोग « Khabarhub

आजका समाचार : वालेन्द्र नेतृत्वको सरकारप्रति सत्ता-प्रतिपक्ष दुवै आक्रोश, ग्यास झन् झन् हाहाकार, मन्त्री नै बनिन् लाचार र हतियार खरिदमा युक्रेनलाई ईयुको सहयोग


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई बाढीपिडितमाथि सामाजिक सञ्जालमा तुच्छ टीकाटिप्पणी गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

उनले भने, ‘पीडामा रहेका नागरिकलाई अमानवीय दुर्व्यवहार हुन्छ भने त्यस्ता व्यक्तिमाथि हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति मात्रै निकाल्ने होइन, राज्य निर्मम र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाइदिनुहोला ।’

सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्नेलाई पार्टीको साधारण सदस्यबाट समेत निकाल्ने चेतावनी दिदैँ विपद्मा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक आफूलाई नचाहिएको समेत बताए ।

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको असहयोगका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको बताएकी छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री यादवले आयल निगमअन्तर्गत आफ्नै ग्यास उद्योग नरहेको र ५८ वटै उद्योग निजी क्षेत्रलाई दिइएकोले सरकारले केही गर्न नसकेको उनले गुनासो गरिन् ।

मन्त्री यादवले ५८ वटा उद्योगले दैनिक ३–३ हजार सिलिन्डर मात्र काठमाडौं पठाइदिएको भए अभाव नहुने तर उद्योगीहरूले पठाउन नमानेको तर्क गरिन् ।

काठमाडौँका लागि सोमबार ४५ हजार र मंगलबार ४८ हजार सिलिन्डर हिँडेको भनिए तापनि बजारमा १९–२० हजारभन्दा बढी नपुगेको र बाँकी सिलिन्डर कहाँ हरायो भन्ने पत्ता लाग्न नसकेको उनले बताइन् ।

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा भयो

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट गगन थापालाई पार्टी सभापतिको मान्यता दिने निर्णयविरुद्ध सर्वोच्च अदालतबाट पुनरावलोकनका लागि निस्सा प्राप्त भइसकेकाले आफूहरूलाई न्याय मिल्ने विश्वास व्यक्त गरेका छन्।

नेपाली कांग्रेस भक्तपुरले बुधबार १३३औँ बीपी जयन्तीका अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले विशेष महाधिवेशन बोलाउँदा प्रतिनिधिहरूको सनाखत नगरिएको दाबी गरे।

उनले भने, ‘गत २०८२ पुस अन्तिममा भएको दोस्रो विशेष अधिवेशनको कुरा गर्नु जरुरी देखेको छु मैले। कांग्रेसको विधानमा विशेष महाधिवेशन बोलाउने प्रावधान छ। तर त्यो विशेष महाधिवेशन पार्टीले बोलाउने हो। सुवर्ण शमशेर पार्टी सभापति हुँदाखेरि पहिलो पटक विशेष महाधिवेशन बोलाइएको हो।’

त्यसबेला बीपी कोइराला पनि पार्टी नेतृत्वमा रहेको उल्लेख गर्दै देउवाले सबै एकजुट र एकमत भएर विशेष महाधिवेशन बोलाइएको बताए। उनका अनुसार त्यतिबेला प्रतिनिधिहरूको पूर्ण सनाखत गरेर मात्रै महाधिवेशनमा सहभागी गराइएको थियो।

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

ओलीलाई सांसद यादवको चेतावनी, ‘बालुवाटारबाट बार्दलीमा पुगेकाले जनमतको मानमर्दन नगरून्’

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठनपाठन सुरु गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

विभागले सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गरी विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ ।

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

मोदी खोलामा बजेको खतराको घण्टी !

भोटेकोशी बाढी : एक हजार ३६७ शव भेटिए

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग
युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न युरोपेली आर्थिक सहयोग प्रयोग गर्न अनुमति दिने भएको छ ।

इयु आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले नेटोका महासचिव मार्क रुटसँगको संयुक्त विज्ञप्तिमार्फत युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ गर्न यस्तो सहयोग उपलब्ध गराउने जानकारी दिएकी हुन् ।

उनका अनुसार इयु सदस्य राष्ट्रहरूले युक्रेनका लागि अमेरिकी हतियार खरिदमा युरोपेली सहयोग रकम प्रयोग गर्न पाउने गरी छुट दिन सहमति जनाएका छन् । यद्यपि, इयुको सहयोगबाट हुने रक्षा सामग्री खरिदमा युरोपेली रक्षा उद्योगका कम्पनीलाई प्राथमिकता दिइने उनले स्पष्ट पारे ।

युक्रेनले रुसी आक्रमणबाट आफ्नो हवाई क्षेत्रको सुरक्षा गर्न आवश्यक क्षमता विस्तारका लागि छिट्टै दुई अर्ब ३० करोड युरो प्राप्त गर्ने बताइएको छ । उक्त रकम प्याट्रियटलगायत हवाई प्रतिरक्षा प्रणाली खरिदमा प्रयोग गर्न सकिनेछ ।

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च















प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ७ : ५८ बजे

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित