अमेरिका-भारत व्यापार सम्झौतामा खुसी र सतर्कता « Khabarhub

अमेरिका-भारत व्यापार सम्झौतामा खुसी र सतर्कता


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अमेरिका–भारत व्यापार सम्झौतालाई भारतले खुसीका साथ स्वागत गरेको छ । 

यस सम्झौताले राष्ट्रका निर्यात वस्तुहरूमा कर कटौती गर्ने प्रतिज्ञासँगै महिनौँदेखि कायम अनिश्चितताको अन्त्य गर्ने अपेक्षा गरिएको छ । यद्यपि विश्लेषकहरूले यसको कार्यान्वयन र विवरणबारे सतर्क रहन आग्रह गरेका छन् ।

ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका सन्दर्भमा रुसी तेल खरिद बन्द गर्ने वाचा गरेपछि यो सम्झौता सम्भव भएको बताएका छन् । उनले गत वर्ष लागू गरिएको २५ प्रतिशत कर घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका हुन् ।

 साथै नयाँदिल्लीले अमेरिकी ऊर्जा, प्रविधि, कृषि, कोइला तथा अन्य वस्तुहरू पाँच खर्ब डलरभन्दा बढी मूल्यका खरिद गर्न सहमत भएको पनि उनले बताएका छन् । भारतको रुसी तेल खरिदमा लगाइएको अतिरिक्त २५ प्रतिशत शुल्क हटाइएको ह्वाइट हाउसका एक अधिकारीले बताए ।

गत वर्ष अप्रिलमा व्यापक शुल्क घोषणा भएयता वासिङ्टनले धेरै मुलुकसँग सम्झौता गरिसकेको भए पनि भारतीय अधिकारीहरू यस प्रक्रियामा पछि परेका थिए । सम्झौता नहुँदा लगानीकर्ताहरू विचलित भएका थिए र विदेशी कोषहरूले भारतीय बजारबाट २० अर्ब डलरभन्दा बढी पूँजी फिर्ता लगेका थिए ।

तर सोमबार ढिलो गरिएको घोषणापछि बजारले सकारात्मक प्रतिक्रिया देखाएको छ । मुम्बईको बेन्चमार्क निफ्टी सूचकांक खुल्नेबित्तिकै करिब पाँच प्रतिशतले बढेको थियो ।

भारतीय निर्यात सङ्गठन महासङ्घले यो सम्झौतालाई ‘सबै सम्झौताको पिता’ को संज्ञा दिएको छ । महासङ्घका अनुसार यसबाट धेरै क्षेत्रमा अर्डर तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ । महासङ्घका महानिर्देशक अजय सहायले अब भारतीय निर्यातकर्ताहरू दक्षिणपूर्वी तथा दक्षिण एसियाली प्रतिस्पर्धीसँग समान हैसियतमा प्रतिस्पर्धा गर्न सक्ने बताए ।

उच्च अमेरिकी शुल्कका कारण ढिलाइमा परेका परिधान र जुत्ता उद्योगले तत्काल राहत महसुस गर्ने उहाँको भनाइ छ । सामान्यतया गर्मी सिजनका अर्डरहरू डिसेम्बरसम्ममा टुङ्ग्याइने भए पनि शुल्कका कारण धेरै अर्डर रोकिएको र अब ती पुनः भारततर्फ फर्किन थालेको उनले बताए।

स्मार्टफोन र जेनेरिक औषधि केही हदसम्म सुरक्षित भए पनि श्रमप्रधान उद्योग, समुद्री उत्पादन तथा रत्न–गहना क्षेत्र बढी प्रभावित भएका थिए । सीफूड एक्सपोर्टर्स एसोसिएसन अफ इन्डियाका जी पवन कुमारका अनुसार अघिल्लो उच्च करका कारण अमेरिकी बजारमा निर्यात घटेको थियो । भन्सार शुल्क १८ प्रतिशतमा झरेपछि समुद्री उत्पादनको निर्यात पुनः बढ्ने र अघिल्लो स्तरमा पुग्ने अपेक्षा गरिएको छ ।

यद्यपि विश्लेषकहरूले सम्झौताका धेरै पक्ष अझै स्पष्ट नभएको औँल्याएका छन् । भारतले अमेरिकी वस्तुमा शुल्क शून्यमा झार्ने दाबी र कृषिजस्तो संवेदनशील क्षेत्रमा पहुँचको विषयमा अझै प्रश्नहरू उठिरहेका छन् । अर्थशास्त्री विश्वजीत धरले सम्झौताबाट फाइदा भए पनि ठूलो तस्वीर स्पष्ट नभएको बताए।

दिल्लीस्थित थिंकट्यांक ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभका अजय श्रीवास्तवले पाँच खर्ब डलर खरिदको लक्ष्यलाई आकांक्षामात्र ठानेका छन् । उनका अनुसार संयुक्त वक्तव्य, वार्ताको पाठ र कार्यान्वयनमा स्पष्टता नआएसम्म यसलाई अन्तिम सम्झौताभन्दा राजनीतिक संकेतकै रूपमा हेर्नु उपयुक्त हुनेछ ।
 

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  १२ : ३३ बजे

प्रदेशलाई भोट नहालेको तीन वर्षमै फेरियो बालेन्द्रको बोली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले

शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’

ढाका- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आगामी

डेब्यू फिल्म ‘कुमारी’ रिलिज नहुँदै अबिषेकले साइन गरे ‘श्रीनिवास, हरिवंशसँग स्क्रिन सेयर गर्दै

काठमाडौं – ‘कुमारी’बाट लिड नायकमा डेब्यू गरेका अबिषेक खड्काले अर्को

चिकित्सकले रोकेपछि रवि चितवन गएनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चिकित्सकको सल्लाहका कारण