स्वच्छ र भयरहित मतदान सुनिश्चित गर्न मानव अधिकारले अनुगमन गर्ने  « Khabarhub

स्वच्छ र भयरहित मतदान सुनिश्चित गर्न मानव अधिकारले अनुगमन गर्ने 


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताएका छन् । 

आगामी फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा मंगलबार ललितपुरमा सञ्चारकर्मीसंग छलफल गर्दै अध्यक्ष मगरले कसैको डर त्रासमा नभई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताएका हुन् ।

उनले सञ्चारमाध्यमले निष्पक्ष भएर गलत सूचनालाई रोक्ने गरी सतर्कता अपनाउनुपर्नेमा जोड दिए । 

चुनावमा भइरहेको ठाउँमा कुनै किसिमबाट बुथ क्यापचर, मतदाताहरूलाई मतदान स्थल पुगी नदिने अवस्था भइरहेको छ वा छैन भन्ने कोणबाट पनि सञ्चार माध्यमले रिपोर्टिङ गरिदिन उनले आग्रह गरे । 

अध्यक्ष मगरले कुनै उम्मेदवार वा दल विशेषको पक्षपोषण हुने खालका सामग्री सम्प्रेषण नगर्न समेत सुझाव दिए । 

उनले निष्पक्ष ढंगले निर्वाचनलाई सफल बनाउन सञ्चारकर्मी र सञ्चारमाध्यमको भूमिका समेत महत्त्वपूर्ण हुने धारणा राखे । 

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  २ : ४० बजे

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाडौं– प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको