पासवर्ड राखेर बालेन्द्रले मात्रै चढ्ने महानगरको लिफ्ट सबैका लागि खुल्यो « Khabarhub

पासवर्ड राखेर बालेन्द्रले मात्रै चढ्ने महानगरको लिफ्ट सबैका लागि खुल्यो


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साहले मात्रै चढ्ने गरेको लिफ्ट आइतबारदेखि सबै कर्मचारुी र सेवाग्राहीका लागि खुलाइएको छ।

महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनमा महानगरमा रहेको एउटा लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् ।

कमलादीस्थित भाडाको भवनमा जडान गरिएको लिफ्ट महानगरमा मेयर हुन्जेल पासवर्ड लगाएर बालेन्द्र र उनको सचिवालयका सदस्यले मात्रै चढ्ने गरेका थिए । यो लिफ्ट २०८१ साउनमा जोडिएको थियो ।

उक्त महानगर कार्यालयको पार्किङ एरियामा जडान गरिएको थियो । उक्त लिफ्ट प्रयोग गर्न अरूलाई निषेध भएको अवस्थमा माघ पहिलो साता बालेन्द्र महानगरबाट बिदा भएपछि सबैका लागि खुलाइएको हो ।

महानगरपालिकाको कमलादीस्थित कार्यालयको पार्किङ एरियामा रहेका दुईवटा लिफ्टमध्ये यसअघि एउटा मात्रै सेवाग्राहीका लागि सञ्चालित थियो । अर्को लिफ्टमा भने नगर प्रहरी नै तैनाथ गराएर राखिने गरिएको थियो ।

कमलादीस्थित महानगरका दुई भवनमध्ये एकातर्फ मेयर, उपमेयर, प्रशासकीय अधिकृत र वातावरण विभागको कार्यालय छ । अर्कोमा अन्य शाखा, महाशाखाहरू राखिएका छन् ।

पासवर्ड नै राखेर बालेनले मात्रै एउटा लिफ्ट चलाउने गरेको पाइएपछि एक समय त्यसको आलोचना पनि भएको थियो । बालेनले आफूसम्म कर्मचारी र सेवाग्राही आमनेसामने नहुन् भन्ने धेयले उक्त लिफ्टमा पासवर्ड राखेर सिधै पाँचौँ तलामा पुग्ने गरी व्यवस्था गरेका थिए ।

त्यसरी अलग्गै लिफ्टबाट जाँदा उनलाई महानगरका कर्मचारी र सेवाग्राही कसैले पनि देख्न पाउँदैन थिए । तर अब उनी बिदा भएसँगै उक्त लिफ्ट सबैका लागि खुलाइएको हो ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  २ : ४२ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह