निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ « Khabarhub

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरू आम रुपमा एक्लाएक्लै प्रतिस्पर्धामा रहेका तर कतिपय स्थानमा तालमेल हुन पनि सक्ने बताएका छन्। उनले देश बनाउने नीति र विचारका आधारमा एमाले पहिलो पार्टी हुने जिकिर गरे।

प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तालमेलबारे छलफल भएको भन्ने विषयमा पत्रकारहरूले गरेको प्रश्नमा उपाध्यक्ष गुरुङले बाहिर चर्चामा आए जस्तो अहिलेसम्म एमालेले तालमेलबारे कुनै निर्णय नगरेको तर राजनीतिमा छलफल र संवाद तथा सबै सम्भावना हुन सक्ने बताए ।

गत भदौ २३ र २४ गतेको घटनालाई हेर्ने दृष्टिकोण एउटै नभएसम्म नेकपासँग तालमेल नहुने स्पष्ट पारे। उपाध्यक्ष गुरुङले निर्वाचनका लागि पार्टीले कार्यमूलक सुधारका विषयलाई समेटेर छरितो घोषणापत्र छिट्टै ल्याउने जानकारी दिए।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ३ : २६ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह