डब्लुएचओको बोर्ड बैठकमा नेपालको नेतृत्वदायी भूमिका  « Khabarhub

डब्लुएचओको बोर्ड बैठकमा नेपालको नेतृत्वदायी भूमिका 


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कार्यकारी बोर्डको १५८औँ बैठकमा नेपालले दक्षिण–पूर्वी एसियाली क्षेत्रका सबै १० सदस्य राष्ट्रहरूको प्रतिनिधित्व गर्दै महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।

बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशकको वार्षिक प्रतिवेदन २०२५ माथि दक्षिण–पूर्वी एसियाली क्षेत्रका सम्पूर्ण सदस्य राष्ट्रहरूको तर्फबाट कार्यकारी बोर्डका सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। विकास देवकोटा र वैकल्पिक सदस्य डा। भीमप्रसाद सापकोटाले धारणा राखेका थिए । 

यस प्रतिनिधित्वले अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीति र नीति निर्माणको सर्वोच्च तहमा नेपालको प्रभाव र नेतृत्व क्षमताको थप सुदृढीकरण गरेको मन्त्रालयले जनाएको छ । बैठकमा बोल्दै सचिव डा. देवकोटाले क्षेत्रीय तथा विश्वव्यापी सन्दर्भमा स्वास्थ्य आपतकालीन अवस्था रोकथाम, तयारी र प्रतिकार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए । 

उनले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने लक्ष्यका लागि नसर्ने रोगहरूको रोकथाम तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरूलाई प्राथमिक स्वास्थ्य सेवामा पूर्ण रूपमा एकीकृत गर्नुपर्नेमा विशेष जोड दिए । 

नेपालको सक्रिय भूमिकाले दक्षिण–पूर्वी एसियाली क्षेत्रका साझा स्वास्थ्य चुनौतीहरू समाधान गर्न क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ४ : ५७ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका