सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन « Khabarhub

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशकसहित विभागीय प्रमुखलाई सेवाग्रहीको समस्यामा केन्द्रित हुन निर्देशन दिएका छन् । 

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा ‘प्रदेश अस्पताल सुर्खेतका निर्देशक तथा विभागीय प्रमुखसँग अस्पताल सेवा सुदृढीकरण’का विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले अस्पतालका बहिरङ्ग तथा अन्तरङ्ग सेवा प्रवाह र भएका समस्याका बारेमा बाहिर धेरै गुनासा आएको बताउँदै ती गुनासा तथा समस्यालाई सम्बोधन गर्ने गरी सेवालाई छरितो र प्रभावकारी बनाउनतर्फ ध्यान दिन सुझाए। 

गत आर्थिक वर्ष २०८२-८३ मा ओपिडीबाट मात्र दुई लाख हजार सेवाग्राहीलाई सेवा दिएको भन्दै मुख्यमन्त्री शाहीले अस्पताल परिवारलाई धन्यवाद दिए । कर्णाली प्रदेश सरकारको गौरवको स्वास्थ्य संस्थाको गरिमालाई माथि उठाउने र उपलब्ध सेवालाई सहज एवं प्रभावकारी रूपमा प्रवाह गर्न निर्देशक तथा विभागीय प्रमुखलाई मुख्यमन्त्री शाहीले निर्देशन दिए। 

अस्पतालमा जनशक्ति, उपकरण र सुविधामा भएको कमी र पूर्ति गर्ने मामिलामा प्रदेश सरकारको आवश्यक सहयोग हुने उनले बताए। 

प्रदेश सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले बिरामीलाई पुनःजन्म दिलाउने समक्ष मानव पूँजीका रूपमा चिकित्सक तथा स्वास्थ्यकर्मी नै रहेको उल्लेख गर्दै प्रदेश सरकारको स्वास्थ्य सम्पत्तिका रूपमा स्थापित प्रदेश अस्पतालका सेवा प्रवाहका बारेमा अनपेक्षित  जनगुनासा आउनुले गम्भीर बनाएको बताए । 

स्वास्थ्य बीमा, विशेषज्ञ सेवा, उपकरण सञ्चालन, सेवाग्रहीप्रति चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले गर्ने व्यवहारका बारेमा सुनिएका गुनासा, उठेका प्रश्न र राखिएका जिज्ञासाको समुचित सम्बोधन गरी सेवाको गुणस्तरीयता र प्रभावकारिता कायम राख्ने वातावरणको सिर्जना गर्न सक्नु नै ठूलो सफलता भएकोले त्यसमा कटिबद्ध भएर लाग्न अस्पताल पदाधिकारी तथा कर्मचारीलाई आग्रह गरे।  

फरक प्रसङ्गमा मन्त्री मल्लले सामाजिक विकास मन्त्रालयले यस वर्ष कर्णालीमा सम्पन्न हुने दशैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापन र सहजीकरणका लागि आवश्यक तयारी गर्न समन्वयात्मक बैठक काठमाडौँमा बस्न लागेको बताए।
 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ६ : ३८ बजे

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि