चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम « Khabarhub

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए ।

उनले सोमबार एक सूचनामार्फत भनेका छन्, ‘पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रूपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ ।’

उनले पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको पनि जानकारी गराए ।

सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरी सहयोग गर्न पनि नियमले सम्पूर्ण उपभोक्ता वर्गमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ८ : १८ बजे

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू)

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय

होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी झुन्डिएको अवस्थामा मृत भेटिए

भक्तपुर- भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न