महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो « Khabarhub

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको छ । गएराति महाराजगन्ज र नैकापमा अज्ञात समूहले गाडीमा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार नैकापस्थित सिप्रदी ट्रेडिङको कार्यालय नजिकै बा २८ ३६ नम्बरको टोयोटा कार र महाराजगन्जस्थित राजधानी पेट्रोल पम्प नजिकै बा ७ च १४०१ नम्बरको मारुती भ्यानमा आगजनी भएको हो ।

प्रहरीले दुवै घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको पर्चा फेला परेको जनाएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यकोनिर्वाचन बिथोल्ने उद्देश्यले सक्रिय समूहले उक्त आगजनी गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगजनीबाट दुवै सवारी साधनमा क्षति पुगेको छ । घटनामा संलग्नको खोजीका लागि प्रहरीले अपरेसन सुरु गरेको छ । काठमाडौँ प्रहरीले सीसीटीभी फुटेजको अध्ययन भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ९ : ५४ बजे

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ

काबुल– गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको

उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रको गुनासो : नयाँ र पुराना दलबीच साइनबोर्ड मात्रै फरक रहेछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ

प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै

परराष्ट्रले भन्यो : पश्चिम एसिया द्वन्द्वबाट हालसम्म कोही नेपाली अप्ठ्यारोमा छैनन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा