बेरुतमा इजरायको भीषण हमला सर्वसाधारणलाई ठाउँ छाड्न उर्दी « Khabarhub

बेरुतमा इजरायको भीषण हमला सर्वसाधारणलाई ठाउँ छाड्न उर्दी

इजरायल-लेबनान तनाव: एक घण्टामा तीन पटक आक्रमण


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

बेरुत – इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा आफ्नो सैन्य आक्रमणलाई थप तीव्र बनाएको छ। पछिल्लो एक घण्टामा इजरायली लडाकु विमानले बेरुतको दक्षिणी उपनगर क्षेत्रमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेका छन्।

‘अल जजिरा’ का अनुसार बेरुतको दक्षिणी उपनगर क्षेत्रमा इजरायलले नयाँ चरणका आक्रमणहरू सुरु गरेको हो । यसअघि सोही क्षेत्रका अन्य दुई स्थानमा पनि इजरायलले भीषण बमबारी गरेको थियो।

इजरायली सेनाले उक्त्त क्षेत्रका बासिन्दालाई तत्काल उक्त स्थान छाड्न ‘विस्थापन आदेश’ जारी गरेको छ। इजरायलले ती क्षेत्रहरूमा सशस्त्र समूह ‘हिजबुल्लाह’ का सैन्य ठेगाना रहेको दाबी गर्दै आएको छ।

पछिल्लो समय इजरायली आक्रमणका कारण बेरुत र वरपरका क्षेत्रबाट हजारौँ मानिस विस्थापित भइसकेका छन्। आक्रमणबाट भएको मानवीय क्षतिको आधिकारिक विवरण भने आउन बाँकी छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ११ : २० बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा