बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने « Khabarhub

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा भाग लिनका लागि गठबन्धन गरेको घोषणा गरेका छन्। उनको समूह पाँच वर्ष यता भएको आठौँ पटकसम्मको मतदानमा शीर्ष स्थानमा रहेको छ। 

डिसेम्बरको मध्यमा कन्जरभेटिभ नेतृत्वको सरकारलाई भ्रष्टाचार विरोधी प्रदर्शनले सत्ताबाट हटाएपछि नयाँ राजनीतिक अनिश्चितता निम्त्याएपछि अप्रिल १९ का लागि मतदानको मिति तोकिएको थियो । 

प्रदर्शनलाई समर्थन गर्ने रुमेन राडेभले करिब १० वर्षपछि राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरेका थिए। पूर्व वायु सेना कमान्डर राडेभ आफैँ संसद सदस्यका लागि प्रतिस्पर्धामा उत्रिनेछन् वा सहभागी हुने छैन अझै स्पष्ट छैन ।

‘आज हामीले संसदीय चुनावमा भाग लिनको लागि केन्द्रीय निर्वाचन आयोगसँग प्रोग्रेसिभ बुल्गेरिया गठबन्धन दर्ता गरेका छौँ,’ ६२ वर्षीय पूवै राष्ट्रपतिले फेसबुकमार्फत् घोषणा गरे। 

उनको समूहले ‘कुलीन र भ्रष्ट मोडेललाई भत्काउनेछ’ र ‘स्वतन्त्रता, एकता र न्यायको लागि, र बुल्गेरियाको आधुनिक, लोकतान्त्रिक युरोपेली राज्यको रूपमा विकासको लागि आह्वान गर्नेछ’ उनले थपे। 

फेब्रुअरीमा प्रकाशित सर्वेक्षणहरूले राडेभको तीन पार्टी गठबन्धन निर्वाचनमा पहिलो हुन सक्ने संकेत गरेका छन् । एक सर्वेक्षणका अनुसार उनको गठबन्धनले एक तिहाइ मतले जित्न सक्ने प्रक्षेपण गरिएको छ। 

उनी पहिलो पटक सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएका थिए। उनको उम्मेदवारीलाई परम्परागत रूपमा रुस समर्थक मानिने समाजवादीहरूले पनि समर्थन गरेका थिए । 

सन् २०२० मा व्यापक भ्रष्टाचार विरोधी प्रदर्शनको उहाँको समर्थनले चुनावको श्रृङ्खलालाई सुरु गरेको थियो र उहाँलाई सन् २०२१ मा राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल जित्न प्रेरित गरेको थियो । 

उनले युक्रेनलाई सैन्य सहायतामाथि प्रश्न उठाए। 

गत महिना जर्मन दैनिक बर्लिनर जाइटुङलाई दिएको अन्तर्वार्तामा उनले ‘यो द्वन्द्वमा थप कूटनीति भएको हेर्न चाहेको’ बताएका थिए । 

उनले भने, ‘अहिलेसम्म हामीले सबै कूटनीतिक उपाय अवलम्बन नगरीकन मुख्यतया सैन्य र आर्थिक सहयोगमा ध्यान केन्द्रित गरेका छौँ ।’
 

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १ : ०१ बजे

सरकारले युवा स्वदेश राख्ने वातावरण बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक