बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई निर्देशन « Khabarhub

बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई निर्देशन


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाले बहराइन, जोर्डन र इराकमा रहेका गैर–आकस्मिक सेवामा कार्यरत आफ्ना सरकारी कर्मचारी र उनीहरूका परिवारलाई ती मुलुक छाड्न निर्देशन दिएको छ।

अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा सुरक्षा अवस्था अस्थिर बन्दै गएकाले नागरिकको सुरक्षालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको जनाएको छ। मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी नागरिकलाई ती मुलुकको यात्रा नगर्न पनि आग्रह गरेको छ।

इरानले अमेरिका–इजरायलको संयुक्त आक्रमणको प्रतिकार गरिरहेको अवस्थामा क्षेत्रीय तनाव चर्किएको छ। इरानले आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ।

यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले बहराइनमा रहेको अमेरिकी हवाई अड्डालाई निशाना बनाइएको दाबी गरेको छ। बग्दादस्थित अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार सयौँ प्रदर्शनकारीले प्रवेश गर्ने प्रयास गरेका थिए। त्यस्तै, अम्मानमा रहेको अमेरिकी दूतावासले अज्ञात सुरक्षा खतराका कारण अस्थायी रूपमा कर्मचारीहरू खाली गरिएको जनाएको छ।

उता साउदी अरबले इरानको जबाफी कारबाहीपछि एक दर्जनभन्दा बढी क्षेप्यास्त्र अवरोध गरी नष्ट गरिएको दाबी गरेको छ।

क्षेत्रीय तनाव बढ्दै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १ : २२ बजे

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने