इजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी « Khabarhub

इजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायली सेनाले लेबनानका दर्जनौं स्थानहरूमा मंगलबार नयाँ निकासी आदेश जारी गरेको छ । 

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानको ५० वटा स्थानका बासिन्दाहरूलाई, आफ्नो सुरक्षाका लागि तुरुन्तै सुरक्षित ठाँउमा जान आग्रह गर्दै आदेश वारी गरेको सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले बताएका छन् ।

निकासी आदेश जारी हुने अधिकांश स्थान लेबनानका दक्षिणी भेगका रहेको र इजरायलले निरन्तर हेजबुल्लाहको पूर्वाधारमा प्रहार गर्ने उद्देश्यले यस क्षेत्रलाई लक्षित गर्ने गरेको जनाइएको छ । 

यस अघि लेबनान सरकारले सोमबार हेजबुल्लाहको सैन्य र सुरक्षा गतिविधिमा प्रतिबन्ध लगाएको थियो । आक्रमणमा सर्वोच्च इरानी नेता अली खामेनीको हत्या भएको बदलामा सोमबार इजरायलमा प्रहार गरे पछि निकासी आदेश जारी गरेको जनाइएको छ । 

इजरायलले सोमबार बेरुतको दक्षिणी उपनगरहरू र दक्षिण लेबनानका दर्जनौं गाउँहरूमा बम प्रहार गरेको छ भने बदलामा भयानक आक्रमणको सामना गर्नु पर्ने चेतावनी दिएको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु हुनुका साथै कम्तीमा १४९ जना घाइते भएको जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ३ : ४२ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा