ईरान–इजराइल युद्धका कारण चिनियाँ रिफाइनरीले सञ्चालन घटायो « Khabarhub

ईरान–इजराइल युद्धका कारण चिनियाँ रिफाइनरीले सञ्चालन घटायो


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

यूएई- चीनको ठूलो रिफाइनरी कम्पनी झेजियाङ्ग पेट्रोकेमिकल कर्पले आफ्नो अपरेशन कम गरेको छ। यो कम्पनी साउदी अरेबियन अरामकोको समर्थनमा सञ्चालित छ। कम्पनीले अब दैनिक २ लाख ब्यारेल क्षमताको क्रूड यूनिट बन्द गर्दैछ।

मर्मतको काम पहिले नै अगाडि बढाएर मार्चमा सुरू गरिएको थियो। कम्पनीका एक प्रतिनिधिले रोयटर्सलाई जानकारी दिए अनुसार, मार्चमा एक महिना लामो पुनर्संरचना चल्नेछ। यसले कम्पनीको जम्मा प्रोसेसिङ क्षमता करिब २० प्रतिशत घटाउनेछ।

मध्यपूर्वमा जारी संघर्षका कारण क्रूड आयलको आपूर्ति निकै कडाइमा छ। अमेरिकी–इजराइली हमलापछि इरानले होर्मुज स्ट्रेटमा लगभग सबै शिपिङमा रोक लगाएको छ। यो स्ट्रेट विश्वको करिब २० प्रतिशत तेल आपूर्तिको मार्ग हो।

चीन विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता हो, आफ्नो लगभग आधा क्रूड आपूर्ति मध्यपूर्वबाट लिन्छ। आपूर्ति घट्दा र तेलको मूल्य बढ्दा अन्य रिफाइनरिहरूले पनि आफ्ना अपरेसन घटाउन सक्ने सम्भावना छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ४ : २२ बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।