भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु « Khabarhub

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं यात्रुहरूलाई स्वदेश फर्काउनका लागि  सीमित व्यावसायिक सेवाहरू पुनः सुरु गर्ने जनाएको छ । लाखौँ दक्षिण एसियाली नागरिकहरू मध्यपूर्वका विभिन्न देशहरूमा रोजगारीको शिलशीलामा बसोवास गर्दै आएको जनाइएको छ ।

यसै गरी इन्डिगोले भने मध्यपूर्वका देशहरू बीचको हवाई सेवा सञ्चालनलाई क्रमिक रूपमा सामान्य बनाउदै लैजाने जनाएको छ । एयर इन्डिया एक्सप्रेसले मंगलबार देखि ओमानको राजधानी मस्कट जाने उडानहरू पुनः सुरु गर्ने बताएको छ ।

यद्यपि बहराइन, कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स जाने उडानहरू  भने हालसम्म स्थगित नै रहेको एयरलाइन्सले विज्ञप्ति मार्फत जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहराइन, साउदी अरेबिया र जोर्डनसहित मध्यपूर्वका धेरै नेताहरूसँग फोनवार्ता गरेको जनाउँदै सामाजिक सञ्जालमा मार्फत भारतीय नागरिकको संरक्षणको लागि सहयोगी भूमिका खेलिदिएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

आक्रमणमा अबुधाबीमा एकजना नेपाली र बहराइन र संयुक्त अरब इमिरेट्समा दुई बंगलादेशीसहित धेरै दक्षिण एसियाली नागरिकको मृत्यु भएको जनाइएको छ ।

प्रधानमन्त्री मोदीले सोमबार आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगसमेत फोनवार्ता गरी हालैको घटनाक्रमको बारेमा चिन्ता व्यक्त  गरेको र आफ्ना नागरिकको सुरक्षा प्राथमिकता बारे जानकारी लिएको जनाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ४ : २८ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई