आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस् « Khabarhub

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानको पूर्व गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको जनाएको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पुरा गरेर मतदान केन्द्रमा समेत मतदानको पूर्व गर्नुपर्ने कामहरू सम्पन्न भइसकेको जानकारी दिए  । 

आयोग सम्पूर्ण रुपमा मतदान केन्द्रमा केन्द्रित भएको भन्दै उनले मतदान केन्द्रको हाता तोक्ने, निषेधित क्षेत्र तोक्ने सूचना टाँस्ने लगायतका कामहरू भएको बताए ।

आयोगले अहिले जिल्ला तह र मतदान केन्द्र तहबाट आएका विभिन्न विषयहरूलाई सम्बोधन गर्ने काम गरिरहेको उनको भनाइ छ । प्रवक्ता भट्टराईले निर्वाचन पर्यवेक्षणका लागि आएका विदेशी प्रतिनिधिहरूलाई सहजीकरण गर्ने काम भइसकेको भन्दै निर्वाचनमा पाँच हजारभन्दा बढी पर्यवेक्षकहरू परिचालन हुने उल्लेख गरे  ।

त्यस्तै उनले अहिले मौन अवधि भएकाले यसबीचमा आएका आचारसंहिता उल्लङ्घनका घटनाहरूमा आयोगले कानुनबमोजिम काम गरिरहेको जानकारी दिए । 

त्यसैगरि निर्वाचन सुरक्षाका लागि भरपर्दो प्रबन्ध गरिएको र सरकारका तर्फबाट पनि सुरक्षाका सवालमा सक्रियतापूर्वक काम भएको उनले बताए । प्रवक्ता भट्टराईले फागुन २१ गते आफ्नो मत बदर नहुने गरी मतदान गर्न अनुरोध समेत गरेको छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ५ : २८ बजे

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा