‘उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’ « Khabarhub

‘उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई टिकट बोकेर चार दिनदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चक्कर लगाइहेका छन् । दिनहुँ विमानस्थल पुग्छन्, उडान रद्द भएको सूचना पाएसँगै निराश भएर फर्किन्छन् ।

रोमानीयामा रोजगार गर्दै आएका तामाङ दुई महिनाको घर बिदा सकेर पुनः उतै फर्किने लागेका छन् । युद्धको प्रभावले गर्दा विमान रद्द भएपछि उनी चार दिनदेखि विमानस्थल धाइरहेका छन्  ।

‘उडान अनिश्चित भएकाले घर फर्किने स्थिति छैन ।  हरेक २४ घन्टामा विमान उडानको स्थिति बुझ्नुपर्छ । यस्तो अवस्थामा न भोट हाल्न घर जान पाइने भयो, न उडान नै । निकै फसादमा छु’, उनले गुनासो गरे। 

कैलाली टीकापुरका प्रदीप रावलको नियति पनि त्यस्तै छ । उनलाई बिदाइ गर्न आमा र हजुरआमा चार दिनअघि विमानस्थल आएका थिए । ‘छोरो विदेश बिदाइ गर्दा आमा रुँदै जानुभयो, म यहीँ छु’, उनले भने, ‘घरै फर्के भन्नुहुन्छ, भोट हाल्न मन छ, तर यता उडान छुट्ने डर पनि छ ।’ 

रावलले देशको प्रतिनिधि चुन्न पाउने नैसैर्गीक अधिकारको सदुपयोग गर्ने चाहना हुँदाहुँदै परिस्थितिका कारण काठमाडौँमै अल्झिनुपरेको छ । उनले भने, ‘पहिला विदेशमा दिएँ, अहिले स्वदेशमै हुँदा नि भोट हाल्ने अवसर जुरेन । निकै दुःख लागेको छ ।’

तामाङ र रावल मात्र होइन, अमेरिका–इजराइल र इरानबीचको द्वन्द्वपछि मध्यपूर्वस्थित खाडीमुलुकमा जाने धेरै नेपाली प्रभावित भएका छन् । विदेशमा रहेका नेपाली कसरी सुरक्षित हुने भनेर तनावमा छन्, भने नेपालबाट विदेश जाने तयारीमा रहेकाहरू विमान उडान हुने हो कि नहुने हो भनेर ।

भोजपुरका कुलबहादुर विश्वकर्माले त सोमबार दुबई पुगिसक्नुपर्ने समयसीमा थियो, तर त्यहाँ कहिले पुग्ने हो टुङ्गो छैन । एकातिर काम गर्ने ठाउँ पुग्न पाइएको छैन, अर्कोतिर देशमै भए पनि भोट हाल्न नपाउने भए पनि उनमा तनावमाथि तनाव छ । ‘भोट हाल्न मन त थियो, तर घर आउँदा जाँदै दुई दिन लाग्छ । सबै मत हाल्न आआफ्नो घरतिर गएपछि मन खिन्न भएको छ’, उनले भने । 

नेपाल वैदेशिक रोजगार सङ्घका अध्यक्ष भुवनकुमार गुरुङले भने युद्धका कारण केही उडान अनिश्चित कालीन रूपमा रद्द भएका र तुरुन्तै खुल्ने सम्भावना नरहेकाले घर फर्किन आग्रह गरे । ‘उडान तुरुन्तै हुँदैन, ढुक्क भएर घर फर्किए हुन्छ’, उनले भने, ‘यद्यपि, आफ्नो कम्पनीसँग सम्पर्क गरिरहनुपर्छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणको सूचनाअनुसार मध्यपूर्व क्षेत्रका कतार, युएइ, कुवेत, इरान, इराक, इजराइल, जोडन, लेबनान, बहराइनका विमानस्थल बन्द गरिएका छन् । 

नेपाल सरकारको तथ्याङ्कअनुसार खाडीमुलुकमा काम गर्न जाने श्रमिकको सङ्ख्या १९ लाख छ, जसमध्ये कतारमा तीन लाख ५७ हजार ९१३ छन् । ओमनमा २५ हजार, इजराइलमा छ हजार ५००, इरानमा छ जना, कुवेदमा एक लाख ७५ हजार नेपाली छन् । 

यसैगरी, बहराइनमा २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५ र संयुक्त अरब इमिरेट्समा सात लाख, लेवनानमा एक हजार ५०० इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली कामदार छन् । रासस

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ६ : ४४ बजे

संसद्‍मा पठाउने विधेयकबारे छलफल गर्दै कानुन मन्त्रालय

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष

पर्सामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्सा जिल्ला अधिवेशन सम्पन्न भएको

हुरीले टीकापुरमा केराखेती नष्ट

टीकापुर– बुधबार हुरीसँगैको मूसलधारे वर्षाले कैलालीमा दुई बिघामा गरिएको  केराखेती

दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण

दमौली– यहाँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने

१५औँ महाधिवेशनका लागि साझा संयन्त्र गठन गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद