कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी « Khabarhub

कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कर्णाली– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । 

कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार १० जिल्लाका ९४१ मतदानस्थल र एक हजार १३७ मतदान केन्द्रमा नेपाली सेनासहित सबै तहका सुरक्षाकर्मी र कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका हुन् । 

प्रदेशका डोल्पा, हुम्ला र मुगु जिल्लामा हेलिकप्टर र पैदलमार्फत कर्मचारी मतदान केन्द्रमा पुगिसकेको उनले बताए। 

माथिल्लो डोल्पाका २० मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरको सहयोगमा निर्वाचन कर्मचारीसहित सामग्री पुर्‍याइएको र तीन मतदान केन्द्रमा तीन दिनको पैदलयात्रा गरी कर्मचारीसहित निर्वाचन सामग्री पुगेको जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिए । 

उनका अनुसार यहाँ कारागारमा रहेका कैदी र कर्मचारीका लागि दुई अस्थायीसहित ७० मतदान केन्द्र रहेका छन् ।

यस्तै, जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले एक अस्थायीसहित जिल्लाका ७० वटै मतदान केन्द्रमा सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीसहित सामग्री पुगेको बताए। 

यसैगरी, जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले चार वटा मतदान केन्द्रमा निर्वाचन कर्मचारी र सामग्री हेलिकप्टरमार्फत पुर्‍याइएको बताए। उनका अनुसार हुम्लामा ६० मतदानस्थल तथा एक अस्थायीसहित ६५ मतदान केन्द्र रहेका छन् । 

पाँच लाख २७ हजार ८८६ पुरुष र पाँच लाख नौ हजार ३६१ महिला गरी कर्णाली प्रदेशमा दश लाख ३७ हजार मतदाता रहेका छन् । प्रदेशमा सबैभन्दा बढी मतदाता सुर्खेतमा दुई लाख ४८ हजार ९४३ छन् भने सबैभन्दा कम डोल्पामा २४ हजार ११५ मतदाता रहेका छन् । 
 

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ७ : ५४ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले