देव वृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय « Khabarhub

देव वृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– यहाँ डिभिजन वन कार्यालयले देव वृक्ष उत्पादन सुरु गरेको छ । कार्यालयले देव वृक्ष अर्थात् वर, पिपल, स्वामी, खयर, आँप, अम्बा, बेल, अमला, पलाँस, काभ्रोलगायत बिरुवा उत्पादन सुरु गरेको हो ।

कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार देव वृक्षसँगै ग्रह, नक्षेत्र र रासि बाटीकाअनुसारका वृक्ष उत्पादन सुरु गरिएको छ । यस क्रममा पहिलो वर्ष १० हजार बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी गरिएको छ ।

 उनले भने, ‘ग्रह बाटीकाका लागि नौ प्रजाति, रासि बाटीकाका लागि १२ प्रजाति र नक्षेत्र बाटीकाका लागि २७ प्रजातिका बिरुवा उत्पादन सुरु गरेका छौँ । सुरुआतको वर्ष भएकाले यस्ता बिरुवा कम उत्पादन गर्न थालिएको हो ।’

कार्यालय प्रमुख आचार्यले यस्ता बिरुवा बाटीका निर्माणका लागि प्रदान गरिने बताए । धर्म संस्कारअनुसार आवश्यक बिरुवाको बाटीका बनाउँदा धार्मिक पर्यटन बढ्ने उनको भनाइ छ । ‘हामीले वन जोगाउने भनेको वातावरण, वन्यजन्तु जोगाउने मात्र नभई इतिहास, सभ्यता र संस्कृतिसँगै समृद्धिको आधार तयार गर्नु पनि हो । त्यसतर्फ ध्यान दिइरहेका छौँ’, आचार्यले भने। 

कार्यालयले यसवर्ष एक लाख २० हजारभन्दा बढी बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी रहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले यीबाहेक गतवर्ष उत्पादन भएर वितरण गर्न बाँकी रहेका १० हजार बिरुवाका साथै अन्य २५ हजार बहुवर्षीय बिरुवा वितरण गर्ने योजना रहेको बताए। 

उनका अनुसार गत आर्थिक वर्षमा एक लाख ५० हजार बिरुवा वितरण गरिएको थियो । हरेक वर्ष असार १५ गतेदेखि बिरुवा वितरण गरिँदै आएको छ ।
 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १ : १६ बजे

संसद्‍मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दालाई बन्देज काम हुँदैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले संसद्‍मा लोकतान्त्रिक प्रणालीलाई

कञ्चनपुर-कमला सडक विस्तारमा ढिलासुस्ती

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्ती र

जनताप्रति जबाफदेही भएर काम गर्छौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफूहरू जनताप्रति

डीपी प्रतिनिधि सभाको सभामुखमा निर्विराेध निर्वाचित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म