इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार « Khabarhub

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ, जसले क्षेत्रीय मात्रै नभइ, विश्वव्यापी असर गहिरिँदै गएको संकेत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अझ कडा सैन्य कारबाहीको चेतावनी दिएको केही घण्टामै यस्तो आक्रमण भएको हो ।

इजरायली सेनाका अनुसार शुक्रबार इरानबाट प्रहार गरिएका मिसाइलहरूलाई हवाई प्रतिरक्षा प्रणालीले अवरोध गर्ने प्रयास गरेको थियो । तत्काल ठूलो मानवीय क्षतिको विवरण नआए पनि आपतकालीन सेवाहरूले घर र सवारीसाधनमा क्षति पुगेको पुष्टि गरेका छन् । तेल अभिवस्थित रेल स्टेशन क्षेत्रमा पनि छर्राहरूले असर पारेको जनाइएको छ ।

करिब एक महिनाअघि अमेरिका र इजरायलले इरानभित्र आक्रमण सुरु गरेपछि सुरु भएको यो युद्धले अहिले व्यापक प्रतिशोधको चक्र सिर्जना गरेको छ । द्वन्द्वले मध्यपूर्वभर फैलिँदै विश्व अर्थतन्त्रमा समेत गम्भीर प्रभाव पारिरहेको छ । 

विशेषगरी होर्मुज जलडमरूमध्य इरानले प्रभावकारी रूपमा अवरुद्ध गरेपछि ऊर्जा बजारमा ठूलो दबाब परेको छ । होर्मुज जलडमरूमध्यबाट विश्वको झन्डै पाँचौँ भाग तेल र ग्यास आपूर्ति हुन्छ ।

ट्रम्पले इरानलाई ‘पाषाण युगमा फर्काउने’ चेतावनी दिँदै वार्तामा सहमति नभए थप आक्रमण तीव्र बनाइने बताउनुभएको थियो । उनले सामाजिक सञ्जालमार्फत ‘अझ बाँकी रहेको संरचना नष्ट गर्न सुरु पनि गरिएको छैन’ भन्दै पुल र विद्युत् पूर्वाधार लक्षित हुनसक्ने संकेत दिए । यसको प्रत्युत्तरमा इरानका विदेशमन्त्री अब्बास अराघचीले नागरिक पूर्वाधारमाथि आक्रमणले आत्मसमर्पण गराउन नसक्ने स्पष्ट पारे।

दुवै पक्षले अब सैन्य मात्र नभई आर्थिक र औद्योगिक संरचनालाई लक्षित गर्न थालेपछि विश्वव्यापी ऊर्जा आपूर्ति र आपूर्ति शृङ्खलामा गम्भीर अवरोधको चिन्ता बढेको छ ।

यसबीच, खाडी क्षेत्र पनि प्रत्यक्ष द्वन्द्वको घेरामा तानिएको छ । कुवेतको राष्ट्रिय तेल कम्पनीअन्तर्गतको रिफाइनरीमा ड्रोन आक्रमण हुँदा आगलागी भएको छ भने संयुक्त अरब इमिरेट्सले मिसाइल र ड्रोन आक्रमणहरू विफल पारेको जनाएको छ । इरानले अघिल्लो दिन युएई, बहराइन र इजरायलका औद्योगिक लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ ।

इरानभित्र निरन्तर बमबारी भइरहे पनि तेहरानका केही स्थानमा सर्वसाधारणको दैनिक जीवन आंशिक रूपमा जारी देखिएको छ । मेलाट पार्कमा परिवारहरू भेला भइरहेका छन् भने सुरक्षा चौकीहरू उल्लेख्य रूपमा बढाइएको एक स्थानीयले बताएका छन् ।

‘सत्ता अझै उनीहरूकै हातमा छ भन्ने देखाउन मानिसहरू सडकमा देखिन्छन्’, उनले नाम नखुलाउने सर्तमा बताए ।

इजरायलमा पनि धार्मिक पर्व निस्तारपर्व चलिरहे पनि केही नागरिकले भूमिगत बंकरमै उत्सव मनाउन बाध्य भएका छन् । तेल अभिवमा बंकरभित्र बसेर पर्व मनाइरहेका एक लेखकले यो अवस्था आफ्नो रोजाइ नभएको बताए ।

युद्धको असर विश्वभर फैलिएको छ । ट्रम्पको चेतावनीपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल ११० डलरसम्म पुगेको छ । विश्लेषकहरूका अनुसार अमेरिकी प्रशासनले युद्ध अन्त्यबारे स्पष्ट रणनीति नदिँदा अनिश्चितता बढेको छ । डोइच बैंकका जिम रिडले अमेरिका तत्काल द्वन्द्वबाट बाहिरिने संकेत नदेखिएको टिप्पणी गरे।

विश्व बैंकले यस अवस्थाले मुद्रास्फीति, रोजगारी र खाद्य सुरक्षामा गम्भीर जोखिम निम्त्याउने चेतावनी दिएको छ । चीनका एयरलाइन्सहरूले इन्धन अधिभार बढाएका छन्, मलेसियाले सरकारी कर्मचारीलाई घरबाट काम गर्न निर्देशन दिएको छ भने पाकिस्तानले इन्धन मूल्य बढाएको छ । भुटानमा समेत इन्धन अभावका कारण राजधानी थिम्पूमा लामो लाइन देखिएको छ ।

इजिप्टले ऊर्जा खर्च नियन्त्रण गर्न पसल र रेस्टुरेन्टहरू छिटो बन्द गर्न आदेश दिएको छ । यसैबीच, ट्रम्पले इरानको नयाँ नेतृत्व वार्तामा लचिलो हुन सक्ने सङ्केत दिनुभएको छ, तर तेहरानले अमेरिकी प्रस्तावलाई अस्वीकार गर्दै ‘अतिवादी र अव्यावहारिक’ भनेको छ ।

कूटनीतिक तहमा पनि तनाव कायम छ । होर्मुज जलडमरूमध्य खुलाउने विषयमा बेलायतले करिब ४० देशलाई एकजुट गराएको छ । इटालीले आवश्यक वस्तु ढुवानीका लागि मानवीय मार्ग खोल्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषदमा जलमार्ग सुरक्षाका लागि सैन्य बल प्रयोगबारे मतदान शुक्रबारका लागि तय गरिएको थियो, तर ‘गुड फ्राइडे’ सार्वजनिक बिदाका कारण अन्तिम समयमा स्थगित गरिएको छ । नयाँ मिति भने घोषणा गरिएको छैन ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ३ : ३३ बजे

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री 

वीरगञ्ज– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं– इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री,

प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंगलबार दलको नेता छान्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि

वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा