लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित « Khabarhub

लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बेरुत– दक्षिणी लेबनानमा शनिबार भएको इजरायली हवाई आक्रमण र सैन्य कारबाहीका क्रममा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् । 

स्थानीय स्वास्थ्य तथा सरकारी स्रोतका अनुसार आक्रमणहरू विभिन्न गाउँहरूमा भएका थिए, जहाँ घर, सवारी साधन र नागरिक संरचनाहरूलाई पनि क्षति पुगेको छ । 

यसै क्रममा इजरायली सेनाले सीमा नजिकको यारुन गाउँमा रहेको एक क्याथोलिक कन्भेन्टको भाग बुलडोजर प्रयोग गरी ध्वस्त पारेको छ । उक्त कन्भेन्ट पहिले खाली भइसकेको र युद्धका कारण त्यहाँ रहेका दुई ननहरू पनि विस्थापित भइसकेका थिए ।

इजरायलले उक्त कारबाहीलाई हिजबुल्लाहसँग सम्बन्धित पूर्वाधार नष्ट गर्ने अभियानको हिस्सा भएको बताउँदै, सो स्थानबाट विगतमा इजरायलतर्फ रकेट प्रहार गरिएको दाबी गरेको छ । साथै, इजरायली सेनाले भवन धार्मिक संस्था हो भन्ने जानकारी पाएपछि थप क्षति रोकिएको पनि जनाएको छ । 

तर लेबनानको क्याथोलिक चर्चले यी दाबी अस्वीकार गर्दै उक्त स्थान पूर्ण रूपमा धार्मिक, शैक्षिक र मानवीय उद्देश्यका लागि प्रयोग हुँदै आएको बताएको छ । चर्चका प्रतिनिधिहरूले धार्मिक स्थलहरूलाई सैन्य उद्देश्यका लागि प्रयोग गरिएको आरोप गलत भएको भन्दै कडा आपत्ति जनाएका छन् ।

यसैबीच, इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीचको तनाव जारी छ, यद्यपि १७ अप्रिलदेखि युद्धविराम लागू भएको भनिएको छ । तर सीमा क्षेत्रमा दुवै पक्षबीच आक्रमण र प्रत्याक्रमण रोकिएको छैन । 

इजरायली सेनाले पछिल्लो २४ घण्टामा करिब ५० वटा हवाई आक्रमण गरी हिजबुल्लाहका पूर्वाधार र लडाकुहरूलाई लक्षित गरिएको दाबी गरेको छ । 

साथै, दक्षिणी लेबनानका ९ वटा गाउँका बासिन्दालाई सुरक्षा कारण देखाउँदै तत्काल स्थान खाली गर्न चेतावनी पनि दिइएको छ, जसले स्थानीय नागरिकहरूमा थप डर र विस्थापनको अवस्था सिर्जना गरेको छ । रासस

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  १० : ४२ बजे

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक