रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने « Khabarhub

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार हुन चाहनेहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने व्यवस्था गरिएको छ।

रास्वपाबाट स्थानीय तहका वडाध्यक्ष, अध्यक्ष, उपाध्यक्ष तथा मेयर-उपमेयरमा उम्मेदवारी दिनुअघि पार्टी सदस्यहरूले यी दुई ठाउँमा पढेर उत्तीर्ण हुनैपर्ने नियम बनाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय लिएको प्रवक्ता मनिष झाले बताएका छन् ।

आगामी स्थानीय तहको निर्वाचन तयारी थालेको रास्वपाले स्थानीय तह र प्रदेश सभाको चुनाव एकै समयमा गर्ने गरी अहिलेबाटै आवश्यक तयारी अघि बढाएको हो ।

यसअघि गत साता बसेको रास्वपा संसदीय दलको बैठकले स्थानीय तह निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति बनाएको थियो ।

उक्त समितिको संयोजकमा सह-महामन्त्री विपिनकुमार आचार्यलाई चयन गरिएको थियो। त्यस्तै उक्त समितिको सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाालाई सचिव तोकिएको छ। उता संघीय सांसदहरूसहित अन्य ५ जना सदस्य छन् ।

रास्वपाले आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्वप्रशिक्षणको लागि वैशाख २० देखि क्यान्डिडेट क्लबको अभ्यास थाल्ने निर्णय पनि गरेको थियो।

क्यान्डिडेट क्लबको अभ्यास थालिने भएकाले कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुरा र कसैलाई पनि कुनै प्रतिबद्धता नगर्न पनि रास्वपाले निर्देशन दिएको थियो। ‘कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्नेछ’, रास्वपाले गत साता भनेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ३ : ०६ बजे

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय