निजी क्षेत्रलाई बोलाएर रवि लामिछानेले दिए १० सन्देश « Khabarhub

निजी क्षेत्रलाई बोलाएर रवि लामिछानेले दिए १० सन्देश


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले निजी क्षेत्रका व्यवसायीलाई धरपकड गर्न थालेपछि त्रासको वातावरण छ ।

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासहितका व्यवसायीलाई पक्राउ गरेर हिरासतमै राखेपछि व्यवसायीले असुरक्षा महसुस गरिरहेका छन् ।

वालेन्द्रले विभिन्न प्रकरणमा जोडिएका व्यवसायीमाथि धरपकड बढाइरहेका बेला आइतरबा रास्वपा सभापति रवि लामिछानेले फकाउने प्रयास गरेका छन् ।

उनले निजी क्षेत्रसँगको छलफलमा सरकारसँग नडारउन भन्दै फकाउने प्रयास गरे ।

अर्थतन्त्र, उद्योग–व्यवसाय र नीतिगत सुधारसम्बन्धी धारणा राख्ने क्रममा उनले व्यवसायीलाई आश्वस्त पारेका हुन् ।

रविले सुशासन र आर्थिक सुधारलाई केन्द्रमा राखेर सरकार अघि बढ्ने पनि बताएका छन् । उनले व्यवसायीका कुरा सुनेपछि उनीहरूलाई नडराउन भन्दै फकाउने कोसिस गरेका हुन् ।

लामिछानेले सुशासन र आर्थिक वृद्धिका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा निजी क्षेत्रसँग निरन्तर संवाद गर्दै जाने पनि बचन दिएका छन् ।

निजी क्षेत्रलाई रविका १० सन्देश

व्यवसायीलाई आश्वासन : सरकारले केही व्यवसायीमाथि धरपकड गरे पनि निजी क्षेत्र डराउनु हुँदैन । उद्योगी–व्यवसायी डराउनुपर्ने अवस्था छैन, सरकार उनीहरूलाई दुःख दिन चाहँदैन।

अर्थतन्त्र सुधारको रोडम्याप : वास्तविक अर्थतन्त्र विकासका लागि रास्वपाले स्पष्ट योजना बनाएको दाबी।

उत्पादनमुखी अर्थतन्त्रमा जोड : आयातमुखीभन्दा उत्पादनमुखी अर्थतन्त्रतर्फ देशलाई लैजानुपर्ने आवश्यकता औंल्याए।

एकाधिकारविरुद्ध कडा कदम : केही समूहले अर्थतन्त्र नियन्त्रण गर्ने प्रयास गरेकाले सरकारले कडा रूपमा हस्तक्षेप गर्ने।

कर सुधारमा सकारात्मकता : उच्च आयकर दर घटाउने विषयमा सरकार सकारात्मक रहेको संकेत।

निजी क्षेत्रको भूमिका महत्वपूर्ण : रोजगारी सिर्जनामा निजी क्षेत्रको प्रमुख योगदान रहेको स्वीकार।

आईपीओमा कडाइ : घाटामा रहेका कम्पनीलाई आईपीओ जारी गर्न नदिने स्पष्ट नीति।

नीतिगत सुधार र सहजीकरण : लाइसेन्स प्रक्रिया छिटो बनाउने, एमआरपी लगायत समस्या बजेटमार्फत सम्बोधन गर्ने तयारी।

सुरक्षा र सहकार्यको प्रतिबद्धता : निजी क्षेत्रलाई सुरक्षित वातावरण दिने र निरन्तर सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता।

सहकार्य : सुशासन र आर्थिक वृद्धिका लागि सबै क्षेत्रसँग सरकारको सहकार्य

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ४ : १२ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि