हिरासतमा युवकको मृत्युबारे छानबिन माग्दै काठमाडौंमा प्रदर्शन « Khabarhub

हिरासतमा युवकको मृत्युबारे छानबिन माग्दै काठमाडौंमा प्रदर्शन


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र युवकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

सुनकोसी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शनसहित धर्ना दिएका हुन् । धर्नामा विभिन्न राजनीतिक दलका सांसद र नेताहरू समेत सहभागी भएका छन् ।

उनीहरूले दलित समुदायमाथि भइरहेका छुवाछुत, विभेद, बहिष्कार र दमन बन्द गर, प्रहरी हिरासतमा मारिएका सिन्धुलीका श्रीकृष्ण विकलाई न्याय दे लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

खोटाङको एक बालिकासँग अन्तरजातीय प्रेम विवाह गरेपछि बालिकाको परिवारले जबरजस्ती करणीको मुद्दा दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको थियो ।

श्रीकृष्णलाई बलात्कारको झुटा मुद्दा लगाएर फसाइएको र प्रहरी हिरासतभित्र भएको घटना स्वीकार गर्न नसकिने भन्दै पीडित परिवार र अधिकारकर्मी समेत आन्दोलनमा छन् । उनीहरूले घटनाको न्यायिक छानबिनको माग गरेका छन् । 

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ५ : १२ बजे

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण