सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो : सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू « Khabarhub

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो : सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सुकुम्वासी व्यवस्थापन, उम्मेदवार छनोटदेखि महाधिवेशन तयारीसम्मका पाँच महत्वपूर्ण निर्णय गरेको छ।

पार्टी प्रवक्ता मनिष झाकाअनुसार बैठकले मुलुकभरको अव्यवस्थित बसोबास समस्या समाधानका लागि सरकारलाई अधिकार सम्पन्न प्राधिकरण गठन गर्न सुझाव दिने निर्णय गरेको छ।

वास्तविक भूमिहीन सुकुम्बासीबाहेक अन्यमा प्राधिकरणको प्रतिवेदन नआउँदासम्म कुनै कारबाही अगाडि नबढाउन पनि आग्रह गरिएको छ। यसका साथै स्थानीय तहहरूले संरचना हटाउने क्रममा संवेदनशील ढंगले व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ।

‘मुलुकभर विद्यमान अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न सरकारले चाँडै नै यससम्बन्धी अधिकार सम्पन्न प्राधिकरण गठन गरी वास्तविक भूमिहीनहरूको समस्या समाधान गर्न जोड दिएको हुनाले विभिन्न त्रासको शंकामा नपर्न अनुरोध गर्दै असुरक्षित रूपमा बस्न बाध्यहरूलाई सुरक्षित गर्न प्राथमिकता रहेको र पार्टीको वाचापत्रको बुँदा नं. ८२ मा नै यसलाई व्यवस्थित गर्ने कुरा उल्लेख भएकाले असुरक्षित रूपमा बसोबास गर्दै आउनुभएका भूमिहीन सुकुम्बासी नागरिकहरूको हकमा बाहेक अन्यहरूमा प्राधिकरणको प्रतिवेदनपूर्व कुनै कारबाही अगाडि नबढ्ने कुराको जानकारी गराउँदै सरकारलाई सोही अनुरुप गर्न सुझाव दिने’, रास्वपाले भनेको छ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ६ : ०२ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक