रास्वपाले विघटन गर्‍यो रसुवा जिल्ला कार्यसमिति « Khabarhub

रास्वपाले विघटन गर्‍यो रसुवा जिल्ला कार्यसमिति


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा जिल्ला समितिलाई विघटन गरिदिएको छ । रास्वपा केन्द्रीय सचिवालय बैठकले रसुवा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताएका छन् ।

बागमती प्रदेश समितिको सिफारिसअनुसार रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट पुनर्गठन गर्ने निर्णयसमेत बैठकले गरेको झाले बताए ।

बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३’ पारित गर्दै यसको कार्यान्वयनका लागि सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।

यस्तै, पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गरिएको छ । प्रथम महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन कार्यविधि–२०८३’ पनि पारित गरिएको छ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ६ : ०९ बजे

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा