रास्वपाले विघटन गर्‍यो रसुवा जिल्ला कार्यसमिति « Khabarhub

रास्वपाले विघटन गर्‍यो रसुवा जिल्ला कार्यसमिति


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा जिल्ला समितिलाई विघटन गरिदिएको छ । रास्वपा केन्द्रीय सचिवालय बैठकले रसुवा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताएका छन् ।

बागमती प्रदेश समितिको सिफारिसअनुसार रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट पुनर्गठन गर्ने निर्णयसमेत बैठकले गरेको झाले बताए ।

बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३’ पारित गर्दै यसको कार्यान्वयनका लागि सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।

यस्तै, पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गरिएको छ । प्रथम महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन कार्यविधि–२०८३’ पनि पारित गरिएको छ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ६ : ०९ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली