रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन « Khabarhub

रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सबैजना सुकुम्वासीलाई असुरक्षित नबनाउने दाबी गरेका छन्।

उनले सुकुम्बासीलाई अहिले त्रसित बनाउने काम भइरहेको बताउँदै सरकारको तर्फबाट सुरक्षित ठाउँमा पुर्‍याउने कामको दायित्व आफूहरूको भएको बताए ।

‘देशैभरिका सुकुम्वासी साथीहरूलाई विनम्रताका साथ फेरि पनि म यो सन्देश दिन्छु। जुन तरिकाले तपाईंहरूलाई आतंकित पारेर आज नै उठाउँछ, भोलि नै उठाउँछ भोलि नै उठाउँछ भनेर आपत् पार्ने काम भएको छ, केन्द्र सरकारले त्यो गरेको छैन’, उनले भने, ‘फेरि पनि भन्छु, असुरक्षित हुनुहुन्छ भने तपाईंलाई सुरक्षित ठाउँमा सार्ने काम केन्द्र सरकारको हो । पार्टीको निर्देशन पनि सरकारलाई त्यही छ। त्योभन्दा बाहिर गएको कुरामा पार्टीले पनि सरकारलाई सचेत गराएको छ।’

तर त्यहीबेला सभापति लामिछानेलाई सुकुम्वासी विद्यार्थीहरूको पढाइमा असर परेको प्रश्न गर्दा भने उनी हतार हतार गाडी चढेर पार्टी कार्यालयबाट बाहिरिए ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ६ : ४३ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर