शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ « Khabarhub

शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई नक्सालबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ३३ वर्षीय वाङ वेन्ड तथा ३२ वर्षीय चेन शुआन्गुई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा चिनियाँ नागरिक ‘भिजिट भिषा’मा नेपाल आई भिषाको उद्देश्य विपरीत शङ्कास्पद गतिविधि गर्ने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुले नक्साल नारायणचौरमा रहेको आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली अवैध रुपमा विदेशी मोडल तथा युवतीको लाइभ हब एपमार्फत अकाउन्ट खोली विदेशी र भारतीय नागरिकलाई साथी बनाई कुराकानी गरी पैसा माग्ने तथा शङ्कास्पद गतिविधि गर्ने गरेको प्रहरीले जनाएको छ । निजहरुलाई नक्सालबाट पक्राउ गरी अध्यागमन ऐनअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थान, पठाइएको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ६ : ०५ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला