नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने « Khabarhub

नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल जापानमा आयोजना हुने आसन्न एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।

मलेसियामा जारी छनोट प्रतियोगिता अन्तर्गत मंगलबार घरेलु टोली मलेसियाले चीनलाई ९ विकेटले पराजित गरेपछि नेपालले एसियन गेम्समा स्थान सुरक्षित गरेको हो । चीनमाथिको जितसँगै मलेसिया पनि प्रतियोगिताका लागि छनोट भएको छ । लगातार दोस्रो हार खेपेको चीन भने छनोट दौडबाट बाहिरिएको छ ।

मंगलबारको खेलमा चीनले दिएको ८५ रनको सामान्य लक्ष्य मलेसियाले ७.५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सकेको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा चीनलाई २२१ रनको विशाल अन्तरले हराएको थियो । प्रतियोगिताको नियमअनुसार समूहका शीर्ष दुई टोली एसियन गेम्सका लागि छानिने प्रावधान छ । समूह ‘ए’ बाट नेपाल र मलेसिया छनोट भइसकेकाले अब बिहीबार हुने यी दुई टोलीबीचको खेलले समूह विजेताको टुंगो लगाउनेछ ।

यस्तै प्रतियोगिताको समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन् ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ६ : ३५ बजे

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध