निर्वाचनको धक्कालाई क्षतिपूर्ति हुनेगरी जनतासँग सम्बन्ध विस्तार गर्छौँ : विष्णु पौडेल « Khabarhub

निर्वाचनको धक्कालाई क्षतिपूर्ति हुनेगरी जनतासँग सम्बन्ध विस्तार गर्छौँ : विष्णु पौडेल


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत वर्षको निर्वाचनमा व्यहोरेको धक्काको क्षतिपूर्ति हुनेगरी जनतासँग सम्बन्ध विस्तार गर्ने बताएका छन्।

पार्टीले आजबाट सुरु गरेको सदस्यता नवीकरण कार्यशालामा बोल्दै पौडेलले पार्टीका हरेक गतिविधि अब जनतातिर केन्द्रित हुने बताए।

‘गत वर्षको जेन–जी आन्दोलन र फागुनको निर्वाचनमा हामीले इतिहासमै खराब धक्का व्यहोरेका छौँ,’ पौडेलले भने, ‘यो सिकाइबाट अब पार्टीका हरेक गतिविधि जनतातिर फर्किएका हुनेछन् र राष्ट्रिय हिततिर केन्द्रित हुनेछन्।’

उपाध्यक्ष पौडेलले जनतासँग टुटेको सम्बन्धलाई पुनः जोड्नु पार्टीको मुख्य कार्यभार रहेको बताए।

उनले संगठनात्मक जीवनमा भोगिएका चुनौतीलाई सामूहिक रूपमा किनारा लगाउनु सबै सदस्यको दायित्व भएको उल्लेख गरे। पार्टी सदस्यता प्राप्ति तथा नवीकरण केवल सदस्यता नवीकरणको प्रक्रिया मात्र नभई राजनीति, विचार र जिम्मेवारीको प्राप्तिका रूपमा पनि बुझ्नुपर्ने उनको भनाइ थियो।

सन् १९२० मा स्थापना भएको भारतीय कम्युनिस्ट पार्टी र सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीको कार्यशैलीको तुलना गर्दै पौडेलले एउटा कम्युनिस्ट पार्टी अत्यन्त कमजोर बन्दै गएको र अर्को विश्वकै शक्तिशाली पार्टीका रूपमा विकसित भएको बताए।

‘भारतको कम्युनिस्ट पार्टी इतिहासमै कमजोर भयो, तर चीनको कम्युनिस्ट पार्टी एक शताब्दीपछि पनि शक्तिशाली छ,’ पौडेलले भने, ‘नेपालले छिमेकका यी दुई ठूला देशका कम्युनिस्ट पार्टीका कार्यशैलीबाट आफू कस्तो अवस्थामा पुग्ने भन्ने शिक्षा लिनुपर्छ।’

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  १२ : ०९ बजे

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको