राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा « Khabarhub

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला प्रवासमा रहेका नेपाली युवा दीर्घकालीन उद्धार तथा पुनर्निर्माणमा जुटेका छन् । 

मूल घर गोरखाको पालुङटार भई हाल अमेरिकाको डल्लासमा बसोबास गर्दै आएका युवाहरूको पहलमा ‘भिजिट नेपाल’ र ‘युथ एन्ड डेभलपमेन्ट’ को संयुक्त आयोजनामा कुल ३ करोड नेपाली रुपैयाँ बराबरको राहत तथा पुनर्निर्माण कोष घोषणा गरिएको छ ।

अभियानको नेतृत्व गरिरहेका ‘भिजिट नेपाल’ का अध्यक्ष तथा युवा उद्यमी राजीव राजभाटले व्यक्तिगत तर्फबाट तत्काल आपत्कालीन सहायता स्वरूप ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गराइसकेका छन् । 
 
जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्ड मेला भर्न गएका राजीव राजभाटका आफ्नै निकटतम आफन्तका साथै पालुङटार र नौखरेका ३० जनाभन्दा बढी प्यारा छिमेकीहरू पहिरोमा परी अझै बेपत्ता छन् । 
 
विश्वभर रहेका प्रत्येक नेपालीको भावनात्मक सहभागिता दर्शाउने हेतुले एक नेपाली, एक रुपैयाँ’ को अवधारणासहित यो ३ करोडको कोष खडा गरिएको हो । 

राजभाटले सुरुवाती चरणमै बुझाएको ३० लाख रुपैयाँले तत्कालको आपत्कालीन उद्धार कार्यमा सहयोग पुर्‍याउनेछ । बाँकी रकम भने ‘भिजिट नेपाल’ र ‘युथ एन्ड डेभलपमेन्ट’ को व्यवस्थापनमा बाढी प्रभावित क्षेत्रका भत्किएका पूर्वाधार निर्माण, विस्थापित परिवारको पुनर्स्थापना तथा पीडित बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योजनाअन्तर्गत पारदर्शी रूपमा परिचालन गरिनेछ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ११ : ३८ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको