हर्कको पार्टीमा खैलाबैला : धरानको मेयर बनाउँछु भनेर धोका दिएको गुनासो, केन्द्रीय सदस्यसहित पाँचजनाको राजीनामा « Khabarhub

हर्कको पार्टीमा खैलाबैला : धरानको मेयर बनाउँछु भनेर धोका दिएको गुनासो, केन्द्रीय सदस्यसहित पाँचजनाको राजीनामा


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी निर्वाचनका लागि धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवारीलाई लिएर विवाद चर्किएपछि हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आन्तरिक असन्तुष्टि देखिएको छ ।

पार्टीका केन्द्रीय सदस्य पूर्ण गहतराज विश्वकर्मासहित पाँच जनाले सामूहिक राजीनामा दिएपछि उनीहरूलाई अध्यक्ष साम्पाङ्गले बुधबार दिउँसो निष्काशन गरेका छन् ।

साम्पाङ्गले सामाजिक सञ्जालमा लेख्दै केन्द्रीय सदस्य गहतराज र प्रदेश सदस्य राखी मेवाहाङलाई पार्टीबाट हटाइएको जानकारी दिएका हुन् । यसअघि गहतराजसहित पाँच नेताले विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेका थिए ।

राजीनामा दिने समूहमा प्रदेश सदस्य विष्णुकुमारी राई, निनाचन्द्र राई, नरहरि राई र अटलसिंग राई पनि रहेका छन् ।

उनीहरूले अध्यक्ष साम्पाङ्गले आफूहरूलाई धरानको मेयर उम्मेदवार बनाउने आश्वासन दिएर पार्टीमा भित्र्याए पनि उक्त प्रतिबद्धताविपरीत अर्को व्यक्तिलाई उम्मेदवार घोषणा गरेको आरोप लगाएका छन् ।

गहतराज समूहले गत वैशाख १५ गते पार्टी प्रवेश गर्दा मेयर उम्मेदवारीबारे सहमति भएको दाबी गरेका हुन् । तर पछि धनबहादुर राईलाई उम्मेदवार घोषणा गरिएकोमा असन्तुष्टि जनाउँदै पार्टी छोडेको जनाएका छन् । उनीहरूले आफूहरूलाई धोका दिइएको उल्लेख गरेका छन् ।

यसैबीच, गहतराजले सामाजिक सञ्जालमा भावनात्मक स्ट्याटस लेख्दै साम्पाङ्गसँगको सम्बन्ध टुटेको संकेत गरेका छन् । उनले आफूहरूलाई ‘नदीका दुई किनारा’ भन्दै सहकार्य अब सम्भव नरहेको टिप्पणी गरेका छन् ।

उक्त विवादसँगै धरानको मेयर उम्मेदवारका रूपमा अघि सारिएका धनबहादुर राई २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा नम्बर ४ का वडाध्यक्ष निर्वाचित भएका थिए । पछि उनले पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  २ : ५२ बजे

अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा