मध्यपूर्वमा तनाव कायम, औपचारिक युद्धविरामबीच पनि लडाइँ जारी « Khabarhub

मध्यपूर्वमा तनाव कायम, औपचारिक युद्धविरामबीच पनि लडाइँ जारी


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वका विभिन्न मोर्चामा औपचारिक युद्धविरामका घोषणा भए पनि क्षेत्रभर हिंसा र सैन्य कारबाही जारी रहँदा स्थायी शान्तिको सम्भावना अझै अनिश्चित देखिएको छ। गाजा, लेबनान र इरानमा युद्धविरामको दाबी गरिए पनि जमिनमा लडाइँ नरोकिनुका कारण ‘युद्धविराम’को प्रभावबारे गम्भीर प्रश्न उठेका छन्।

पछिल्ला हप्ताहरूमा इजरायली सेनाले गाजामा आफ्नो नियन्त्रण विस्तार गर्दै थप भूभाग कब्जा गरेको बताइएको छ। हमासका शीर्ष लडाकूहरू सहित दर्जनौँको मृत्यु भएको विवरण सार्वजनिक भएका छन्। युद्धका कारण गाजामा मानवीय संकट गहिरिँदै गएको छ, जहाँ झण्डै साढे नौ लाखभन्दा बढी प्यालेस्टिनी अस्थायी शिविरहरूमा बस्न बाध्य रहेको स्थानीय स्रोतहरूले जनाएका छन्। पानी, सरसफाइ र स्वास्थ्य सेवाको अभावले अवस्था थप जटिल बनेको छ।

लेबनानमा पनि तनाव कायमै छ। इजरायली सेनाले दशकौँयताकै सबैभन्दा गहिरो सैन्य कारबाही गरेको दाबी गरिएको छ भने हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट आक्रमण जारी राखेको छ। सीमावर्ती क्षेत्रमा झडपहरू भइरहेका छन्, जसले सन् २०२४ पछि भएको युद्धविरामलाई कमजोर बनाएको देखिन्छ।

यसैबीच, अमेरिका र इरानबीच पनि तनाव कम गर्ने प्रयास भइरहे पनि सीमित झडपहरू रोकिएका छैनन्। हर्मुज जलघाँटी क्षेत्रमा सैन्य गतिविधि बढेको र दुवै पक्षबीच ड्रोन तथा क्षेप्यास्त्र आक्रमणसमेत भएको विवरण सार्वजनिक भएका छन्। यसले विश्व ऊर्जा आपूर्तिमा थप दबाब सिर्जना गरेको बताइएको छ।

लेबनानसम्बन्धी विषयलाई लिएर इरानले कुनै पनि दीर्घकालीन सम्झौतामा त्यहाँको अवस्था समेटिनुपर्ने अडान राखेपछि वार्ता थप जटिल बनेको छ।

विश्लेषकहरूका अनुसार गाजा, लेबनान र इरानमा देखिएको वर्तमान अवस्था औपचारिक युद्धविराम भए पनि व्यवहारमा युद्ध रोकिएको छैन भन्ने संकेत हो। यसले युद्धविराम र शान्ति प्रक्रियाको विश्वसनीयतामै प्रश्न उठाएको छ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  २ : ५९ बजे

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय