विपद्का घटनामा एक जनाको मृत्यु, एक बेपत्ता, ६ जना घाइते « Khabarhub

विपद्का घटनामा एक जनाको मृत्यु, एक बेपत्ता, ६ जना घाइते


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपद्का घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता तथा ६ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा १८ वटा विपद्का घटना दर्ता भएका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ फुलेलीमा भैँसीले लछार्दा ६३ वर्षीय एक पुरुषको मृत्यु भएको छ । 

यस्तै, सगरमाथा आरोहणका क्रममा खराब मौसमका कारण बाटो हराएका पोल्याण्डका एक नागरिक बेपत्ता भएका छन् र उनको खोजी कार्य जारी रहेको छ ।

विभिन्न जिल्लामा आगलागीका ८ वटा घटना भएका छन् । पाँचथर, सुनसरी, उदयपुर, धनुषा, सिरहा, बारा, नवलपरासी (पूर्व) र दाङमा भएका आगलागीबाट घर, गोठ, मकैबाली, प्लास्टिकका बोरा तथा अन्य सामग्री जलेर करिब ९ लाख ४३ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

यस अवधिमा डोल्पामा भ्रमणमा गएका एक अमेरिकी नागरिक लेक लागेर बिरामी परेका छन् भने रुकुम पूर्वमा चट्याङ लाग्दा एक महिला घाइते भएकी छन् । पर्सा र अछाममा सर्पदंशका दुई घटना भएका छन्, जसमा दुई बालिका घाइते भएका छन् ।

त्यस्तै, उदयपुरमा बाँदरको आक्रमणबाट एक पुरुष घाइते भएका छन् भने बर्दियामा चितुवाको आक्रमणबाट बच्न खोज्दा भैँसीले कुल्चिएर अर्का एक पुरुष घाइते भएका छन् । मोरङमा जंगली हात्तीले चिया–नास्ता पसलमा क्षति पुर्‍याएको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको छ ।

प्राधिकरणका अनुसार विपद्का अधिकांश घटनामा नेपाल प्रहरी, दमकल तथा स्थानीयवासीको सहयोगमा उद्धार तथा नियन्त्रणका काम सम्पन्न गरिएको छ ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ४ : १३ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय