मोदीसँग भेटेपछि रविले भने : नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगमा लैजान सकिन्छ « Khabarhub

मोदीसँग भेटेपछि रविले भने : नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगमा लैजान सकिन्छ


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता फलदायी रहेको बताएका छन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग भएको करिब एक घण्टाको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले नेपाल र भारतले विगतका सीमितताहरूलाई पार गर्दै विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ्न सक्ने बताएका हुन्।

उनले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कनेक्टिभिटी र सहज आवागमनका माध्यमबाट दुवै देशबीच विश्वास र प्रगतिमा आधारित साझेदारी निर्माण गर्न सकिने उल्लेख गरेका छन्। 

यसका साथै नेपाल र भारतका नागरिकको साझा समृद्धिका लागि ती सम्भावनालाई व्यवहारमा उतार्न रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति लामिछानेसँगको भेटलाई सुखद भन्दै नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गतको प्राथमिक साझेदारका रूपमा उल्लेख गरेका थिए।

रविलाई भेटेपछि मोदीले लेखे : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ

मोदीले सामाजिक सञ्जालमार्फत नेपाल र भारतको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन मिलेर काम गर्न इच्छुक रहेको बताएका थिए। 

यसका साथै उनले साझा र समृद्ध भविष्य निर्माणका लागि लामिछानेको चाहनालाई स्वागत गर्दै त्यसमा आफू पनि पूर्ण रूपमा सहमत रहेको उल्लेख गरेका छन्।

रविसहित रास्वपाको प्रतिनिधिमण्डल हाल भारत भ्रमणमा रहेको छ। भ्रमणका क्रममा भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग भेटवार्ता तथा दुई दलबीच सम्बन्ध विस्तारका विषयमा छलफल भइरहेको छ।

सोमबार भारत गएका रविले मंगलबार भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीन, भारतीय विदेशमन्त्री एस. जयशंकर र भारतीय गृहमन्त्री अमित शाहलाई भेटेका थिए । रविसँग पत्नी निकिता पौडेल लामिछाने तथा रास्वपा सांसदहरू विपिन आचार्य र दीपक बोहोरा पनि भारत भ्रमणमा छन् ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ४ : ०२ बजे

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको