स्वास्थ्य बीमा कार्यक्रमका चुनौती र सुधारका उपायबारे छलफल « Khabarhub

स्वास्थ्य बीमा कार्यक्रमका चुनौती र सुधारका उपायबारे छलफल


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती तथा सुधारका सम्भावनाबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री नीशा मेहता ले स्वास्थ्य बीमा बोर्ड र संघीय अस्पतालका प्रमुखहरूसँग छलफल तथा अन्तरक्रिया गरेकी छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव, स्वास्थ्य बीमा बोर्डका पदाधिकारी तथा विभिन्न संघीय अस्पतालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका क्रममा देखिएका दाबी भुक्तानी, सेवा प्रवाह, व्यवस्थापकीय चुनौती, सेवाग्राहीको पहुँच तथा कार्यक्रमको प्रभावकारिता अभिवृद्धिसम्बन्धी विषयमा विस्तृत विचारविमर्श गरिएको मन्त्रालयले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले स्वास्थ्य बीमा योजनालाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउन आवश्यक नीतिगत तथा व्यवस्थापकीय सुधारका सुझाव प्रस्तुत गरेका थिए। अस्पतालका प्रतिनिधिहरूले कार्यक्रम कार्यान्वयनका क्रममा भोग्नुपरेका व्यावहारिक समस्या तथा तिनको समाधानका सम्भावित उपायबारे धारणा राखेका थिए।

मन्त्री मेहताले स्वास्थ्य बीमा कार्यक्रम नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यम भएकाले यसको प्रभावकारी कार्यान्वयनमा सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन्।

मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमलाई नागरिकमैत्री, दिगो र प्रभावकारी बनाउन सरोकारवाला निकायसँगको समन्वयलाई थप सुदृढ गर्दै प्राप्त सुझावका आधारमा आवश्यक सुधारका पहल अघि बढाइने जनाएको छ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ६ : १७ बजे

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको