२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए « Khabarhub

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

कर्मचारी भन्छन्ः विगतको आधार र वर्तमानको गतिले सरकारको लक्ष्य भेटियो दाबी



काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको ९१ औँ बुँदामा जग्गाविहीन नागरिकलाई सरकारले जग्गाको स्वामित्व दिलाउने उल्लेख छ । यसअघि २०४८ सालमा बहुदल आएपछि स्थापित विभिन्न सरकारले पनि सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न भन्दै विभिन्न आयोग गठन गरेका थिए ।

तर, राजनीतिक नियुक्तिका लागि मात्रै गठन भएको आरोप खेप्दै आएका ती आयोगले सुकुम्वासी समस्या समाधान गर्न सकेनन्। वर्तमान सरकारले विगतका अभ्यासलाई चुनौती दिँदै भूमि आयोग खारेज गरेर भूमि व्यवस्थापन समिति गठन गर्‍यो ।

सुकुम्वासी समस्या समाधान गर्ने प्रयासस्वरुप सरकारले वैशाख १२ गतेदेखि काठमाडौँ उपत्यका लगायत देशैभरका जोखिमपूर्ण सुकुम्वासी बस्तीमा डोजर चलायो । उनीहरुलाई यतिबेला विभिन्न होल्डिङ सेल्टरमा राखेर तथ्याक संकलन तथा छानबिनको काम भइरहेको छ ।

यसैबीच सुकुम्वासी समस्या समाधानका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि बनाएर भूमि व्यवस्थापन समितिलाई देशैभरका भूमिहीन दलित तथा सुकुम्बासी र अव्यवस्थित बसोबासी मुद्दा टुङ्गोमा पुर्‍याउने जिम्मा दिएको छ ।

१९ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले समितिको नेतृत्व बलभद्र बास्तोलालाई दिएको छ । सय दिने कार्यसूचीमा उल्लेख गरिए अनुसार समितिले डिजिटल अभिलेख राख्ने काम करिब अन्तिम चरणमा पुर्‍याएको समितिका सूचना अधिकारी संजीव कुमार साहले जानकारी दिए ।

‘डिजिटल इन्ट्री गर्दा मोनिटरिङ सहज हुन्छ भनेर त्यसमा पालिकाहरुले काम गरिरहेका छन् । बजेट यताउता हुँदा अलमल भएकले काम पूर्ण रुपमा सकिएको छैन,’ उनले भने । उनका अनुसार हालसम्म १२ लाख ४८ हजार जनाको सूचना डिजिटल माध्यमा प्रविष्ट भइसकेको छ । विगतका सरकार हुँदा यो संख्या ११ लाख २० हजार थियो ।

उनका अनुसार बर्दियामा तत्काल वितरण गर्न सकिने अवस्था भएकाले सरकारले लक्ष्य पूरा गरेको सन्देश दिन त्यहाँबाट लालजुर्पा वितरणको काम सुरु गरिएको छ । सरकार गठनको एक हजार दिन अर्थात् २ वर्ष ९ महिनामा सरकारले भूमि समस्या पूर्ण सामाधान गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नमा उनी भन्छन्, ‘ग्राउण्ड रियालिटी भनेजस्तो सजिलो छैन । यही रफ्तारमा जाँदा पनि समय लम्बिन्छ ।’

गत १० असारमा सामाजिक सञ्जालमार्फत भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि बर्दियाबाट जग्गा वितरण सुरु गर्ने जानकारी दिएकी थिइन् । सोहीअनुरुप उक्त घोषणाको हप्तादिनभित्रै बिहीबार सरकारले बर्दियाको बढैयाताल गाउँपालिका–४ खोला किनारमा बस्दै आएका २९ परिवारलाई पहिलो पटक जग्गाको स्वामित्व प्रदान गरेको छ । जसमध्ये दुई परिवार दलित भूमिहीन सुकुम्वासी छन् ।

‘बिहीबार बिहान २ जना दलित र २७ जना भूमिहीन सुकुम्वासीलाई उनीहरु जति क्षेत्रमा बसेका थिए, त्यहीँको लालपुर्जा दियौँ,’ बर्दियाका प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला भूमि व्यवस्था समितिका प्रमुख गोगनबहादुर हमालले भने । हमालका अनुसार उनीहरु करिब १५ वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका थिए ।

कानूनी मापदण्डअनुरुप २ हजार वर्गमिटरभन्दा बढी जग्गा कोही भूमिहीन सुकुम्बासीले भोगचलन गर्दै आएपनि त्यो भन्दा बाँकी मात्रै सरकारकै कायम हुने व्यवस्था छ । सरकारको सय दिने कार्यसूचि अनुसार तीव्र गतिमा काम गर्दा भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिनेमा बर्दिया जिल्ला पहिलो बन्न सफल भएको उनले सुनाए ।

‘विगतका बनेका आयोग र समितिबाट थुप्रै काम भएको छ । त्यसलाई आधार मानेर नयाँ समितिको कार्यविधि र मापदण्ड अनुसार हामीले मुद्दा टुङ्गोमा पुर्‍याएर सरकारको लक्ष्यअनुसार लालपुर्जा दिन सफल भयौँ,’ उनले भने, ‘बर्दिया जिल्लामा भएका १३/१४ हजार भूमिहीन सुकुम्वासी र ३०/३५ हजार अव्यवस्थित बसोबासीमध्ये अब हरेक पालिकामा काम गछौँ ।’

आधारभूत संरचनाको काम विगतका सरकार हुँदा नै भइसकेकाले वर्तमान सरकारको लक्ष्य प्राप्त गर्न समस्या नभएको उनले प्रष्ट पारे ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : ४१ बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी

औषधि आपूर्ति शृङ्खला सुधार्न विभागको ६ बुँदे निर्देशन

 काठमाडौं – औषधि व्यवस्था विभागले मुलुकमा औषधिको आपूर्ति शृङ्खला व्यवस्थित बनाउन तथा

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं- सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक