रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’ « Khabarhub

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

पोर्चुगललाई कठिन जित, क्रोएसियाको प्रयास प्रशंसनीय


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले जारी फिफा विश्वकप २०२६ अन्तर्गत पोर्चुगल र क्रोएसियाबीचको खेललाई ‘अन्तिम मिनेटको ड्रामा’ भन्दै प्रशंसा गरेका छन् । अन्तिम ३२ को खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गरेपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

विश्व फुटबलका दुई लेजेन्ड क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिचको तस्बिर सेयर गर्दै सन्दीपले दुवै टोलीको खेल भावनाको तारिफ गरेका छन् । उनले पोर्चुगलले निकै मिहिनेत गरेर जित निकालेको उल्लेख गर्दै पराजित क्रोएसियाको पनि खुलेर प्रशंसा गरेका छन् ।

“अन्तिम मिनेटको ड्रामा ! पोर्चुगलका लागि निकै मिहिनेतपूर्ण जित,” खेलको रोमान्चकताबारे सन्दीपले फेसबुकमा लेखेका छन्, “तर पूरा जस क्रोएसियालाई पनि जान्छ, किनकि उनीहरूले आफूसँग भएको सबै शक्ति लगाएर खेले र अन्तिम सिट्टी बज्दासम्म पोर्चुगललाई दबाबमा राखे । कस्तो शानदार खेल !”

इन्जुरी समयमा गोन्सालो रामोसले गोल गरेपछि पोर्चुगलले खेल २–१ ले आफ्नो पक्षमा पारेको थियो ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ७ : २४ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको