एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो « Khabarhub

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला एलजी एसेन्सियल सिरिज सार्वजनिक गरेको छ । भरतपुरस्थित विवान्ता होटलमा आयोजित कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो ।

कम्पनीका अनुसार ‘हरेक घरको खुशी, घर-घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको एसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ । नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास छ ।

नयाँ श्रृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर समावेश छन् ।

नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित उत्पादनहरू

एलजी एसेंसियल सिरिज डबल-डोर रेफ्रिजरेटर

फ्रस्ट-फ्री प्रविधिसहितको यस रेफ्रिजेरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउँछ । स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारहरूको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्छ।

एलजी ‘एसेन्सियल सिरिज’ पूर्ण स्वचालित टप-लोड वासिङ मेसिन

नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस वासिङ मेसिनमा प्रोशिल्ड मोटर, बीएमसी कभर तथा आईपीएक्स४ प्रमाणित पानी-प्रतिरोधी नियन्त्रण प्यानल जस्ता सुविधाहरू समावेश छन् ।

एलजी एसन्सियल सिरिज रुम एयर कन्डिसनर

ऊर्जा-दक्ष प्रविधिसहितको यस एयर कन्डिसनरले प्रभावकारी कुलिङ तथा हिटिङ सुविधा प्रदान गर्दछ । परम्परागत नन-इन्भर्टर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत गर्ने यस उत्पादनमा वातावरणमैत्री आर३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको छ। साथै न्यून ध्वनि सञ्चालनले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्छ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ११ : २८ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड