सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी « Khabarhub

सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा बेपत्ता तीन जना यात्रु र कारको खोजी कार्य आज पनि जारी रहेको छ । 

सोमबार बिहान त्यसस्थानमा काठमाडौंबाट–ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेका बाप्र ०८–००१–ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा सडकमा रोकी रहेको कार करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको थियो ।

उक्त दुर्घटनामा कारमा सवार सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का निर्माण व्यवसायी दिलबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का स्काभेटर चालक गणेश थापा र तीन पाटन गाउँपालिका–९ का स्काभेटरका सहचालक सुजन मगर कारसहित कोशीमा हराइरहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको खुर्काेटबाट खटिएको गोताखोरसहितको टोली, नेपाल प्रहरी र स्थानीयले डुङ्गाको प्रयोग गरी खोजी गरिरहे पनि हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

बर्खायाम भएकाले सुनकोशी धमिलो र उच्च पानीको बहाव रहेकाले खोजी कार्य चुनौतीपूर्ण भइरहेको रहेको त्यहाँ खटिएका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए ।

यसैबीच उक्त घटनापछि अवरुद्ध मध्यपहाडी राजमार्गको घुर्मी– खुर्काेटखण्ड खुलाउन पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायबीच वार्ता भइरहेको छ । 

सडकमा रोकी राखेको कारलाई बस चालकको लापरबाहीका कारण ठक्कर दिएको भन्दै चालकमाथि कारबाही गर्न पीडित पक्षबाट माग गरिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  १ : १८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले