एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन « Khabarhub

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तत्काल एलपी ग्यासको ’सिलिन्डर म्यापिङ’ सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले मागभन्दा बढी ग्यास आयात हुँदा पनि बजारमा ग्यासको अभाव देखिएको भन्दै तत्काल ’सिलिन्डर म्यापिङ’ सुरु गर्न आयल निगमलाई निर्देशन दिएको हो ।

समिति सभापति रहबर अन्सारीले भारतबाट ग्यास पर्याप्त आइरहदा पनि ग्यासको अभाव भइरहेको देखिएकाले सिलिन्डर म्यापिङ गर्न निर्देशन दिए । उनले जिम्मेवारीमा बसेर सहज रुपमा उपभोक्तालाई सेवा दिन नसके मार्गप्रसस्त गर्न सुझाव समेत दिए ।

ग्यास उत्पादक संघले पनि आयल निगमसँग सहकार्य गरेर विद्यमान समस्या समाधानका लागि पहल गर्न उनले आग्रह गरे । 

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले आधा सिलिन्डर ग्यास बिक्री वितरण गर्दा सोचेजति सिलिन्डर रिफिल नभएको र अहिले पूर्ण सिलिन्डर बिक्री खुला गर्दा एकैपटक रिफिलका लागि आएकाले माग बढेको बताए ।

सामान्यतया महिनामा ४६ देखि ४८ हजार मेट्रिक टनसम्म खपत हुने गरेकोमा फुल सिलिन्डर सुरु भएपछि माग बढेर करिब ६० हजार मेट्रिक टन पुगेको उनले बताए ।

बढेको माग धान्नका लागि एक–डेढ महिना अतिरिक्त आपूर्ति पठाइदिन भारतीय आयल निगमसँग आग्रह गरिएको र आपूर्ति दर बढाइएको उनले बताए । बजारमा ग्यासको वास्तविक अभाव नभई वितरण प्रणालीमा समस्या रहेको उनको भनाइ छ ।  

त्यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले आधा सिलिन्डर ग्यास १५ दिनका लागि मात्र बिक्री गर्नेबारे छलफल भएपनि धेरै समय लम्बिएकाले अहिले समस्या देखिएको बताए । 

उनले पहिलेभन्दा १५ देखि २० प्रतिशत आपूर्ति बढाएको भए तापनि नेपालको एक्कासि बढेको माग तत्कालै धान्न सक्नेगरि बुलेट भित्राउने अवस्था नरहेको धारणा राखे । 

बैठकमा उपभोक्ता अधिकारकर्मीहरूले ग्यास वितरणलाई पारदर्शी नहुँदा अहिले समस्या देखिएको भन्दै ग्यास अभावको अवस्था आउन नदिन दीर्घकालीन समाधानमा जोड दिएका थिए भने सांसदहरूले ग्यास अभावका कारण सर्वसाधारण मर्कामा परेकाले तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ३ : ०८ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन