‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’ « Khabarhub

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी विभागमा कयौँ दिनदेखि सेवाग्राहीको लाइनबारेमा वालेन्द्र शाह नेतृत्वको सरकारलाई व्यंग्य कसेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारप्रति कडा प्रहार गरेका हुन्। ‘नागरिकका घरघरमै पासपोर्ट पुर्‍याउने’ सरकारको घोषणाविपरीत सेवाग्राहीको लामो लाइन देखिएको भन्दै उनले व्यंग्य गरे।

मल्लले उस्तै लाइन यातायातसहित अन्य सरकारी कार्यालयमा पनि देखिएको बताए । ‘सरकार पासपोर्ट घरसम्मै पुर्‍याउँछु भन्दै थियो, तर पासपोर्ट लिनेको लाइन घरैसम्म पुगको रहेछ’, मल्लले भने, ‘ त्यस्तै लाइन सरकारी सेवाप्रदायक अन्य कार्यालयमा लागेको छ ।’

मल्लले उपभोक्ताले खाना पकाउने एलपी ग्यास र किसानले रासायनिक मल नपाएको विषय पनि उठाए । ‘उपभोक्तालाई खाना पकाउने ग्यास र किसानलाई मलको अभाव कायमै छ । महंगीका कारण नागरिक सास्ती व्यहोरिरहेका छन्’, उनले भने ।

सरकारले चिकित्सा शिक्षा आयोगका पदाधिकारी बर्खास्त गरेर नयाँ नियुक्ति नगर्दा समयदेखि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा ढिलाइ भएको भन्दै आपत्ति जनाए । उनले आयोगमा तत्काल रिक्त निर्देशकहरू नियुक्त गरी परीक्षाको वातावरण बनाउन सरकारलाई भने ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ३ : ४३ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही