नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने « Khabarhub

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ ।

हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरे । त्यस अवसरमा बैंकका सञ्चालक समितिका सदस्य तथा वरिष्ठ व्यवस्थापनका पदाधिकारीहरूको समेत उपस्थिति थियो ।

उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थी, उनीहरूका अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित अन्य सरोकारवालालाई लक्षित गरी एजुकेशन हब सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ । 

बैंकका अध्यक्ष चौधरीले विद्यार्थीलाई आवश्यक वित्तीय पहुँच, मार्गदर्शन तथा बैंकिङ सहयोग उपलब्ध गराउने उद्देश्यले हब स्थापना गरिएको बताए । 

‘शिक्षामा गरिने लगानी एक व्यक्तिमा मात्रै नभइ समग्र परिवार, समाज र राष्ट्रको भविष्य निर्माणका लागि हो, मुलुकको शिक्षालाई थप सुदृढ बनाउनुका साथै भावी पुस्तालाई सशक्त बनाउने उद्देश्यले हबको स्थापना गरिएको हो ।’ उनले भने, ‘देशैभरका शाखाहरूमा कम्तीमा एजुकेशन हबको एउटा काउन्टरको व्यवस्था गरेर यस पहललाई विस्तार गरिने छ ।’

नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले, एजुकेशन हबको सुरुवातले अष्ट्रेलिया र नेपालबीचको सम्बन्धको मूल मर्मभित्र रहेको शिक्षाको माध्यमबाट जनशक्तिमा लगानी गर्ने कार्यलाई प्रतिविम्बित गरेको बताए । 

उनले भने, ‘भरपर्दाे र पारदर्शी प्रणालीहरूले समग्र शैक्षिक क्षेत्रमा विश्वासको वातावरण सिर्जना गर्छ, जसबाट विद्यार्थी, परिवार, शैक्षिक संस्था र वित्तीय सेवा प्रदायकहरू सबै लाभान्वित हुन्छन् ।’ 

बैंकले शिक्षा मानव पुँजी निर्माण, राष्ट्रिय विकास तथा मुलुकको भविष्यका लागि गरिने दीर्घकालीन लगानी भएको जनाएको छ ।

त्यसैगरी, बैंकका सञ्चालक पौड्यालले भने, ‘विद्यार्थी तथा अभिभावकहरूको बदलिँदो आवश्यकता सम्बोधन गर्न एजुकेशन हब स्थापना गरिएको हो । शिक्षा कर्जा प्रवाहमा मात्र सीमित नरही यस हबले विदेश अध्ययनको सम्पूर्ण यात्रामा आवश्यक बैंकिङ सेवा, वित्तीय परामर्श तथा विशेष सहजीकरण प्रदान गर्नेछ ।’ 

उनलेज्ञवालीले नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको सेवा पहिलो पटक उपलब्ध हुन लागेको बताए । 

‘अन्तर्राष्ट्रिय शिक्षातर्फ बढ्दो आकर्षणसँगै विद्यार्थीहरूको आवश्यकता वित्तीय सहायता मात्रमा सीमित नरहेको सन्दर्भमा, यस हबले शिक्षा कर्जा, विदेशी मुद्रा सेवा, वित्तीय योजना तथा आवश्यक बैंकिङ मार्गदर्शनलाई एकीकृत रूपमा उपलब्ध गराउनेछ,’ सिइओ ज्ञवालीले जानकारी दिए । एजुकेशन हबमार्फत विद्यार्थी र अभिभावक दुवैलाई ऋण तथा परामर्श सेवा प्रदान गर्ने बताउँदै उनले भने, ‘विदेशमा अध्ययन गर्न चाहनेहरूका लागि यो केन्द्र वान स्टप सल्युसन अर्थात एकै स्थानबाट सबै समाधान दिने स्थानको रूपमा काम गर्नेछ ।’

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ३ : ४६ बजे

एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल

विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

कम्पाला– युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’