युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण « Khabarhub

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

कम्पाला– युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमान्डो तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका जेठा दाजु लेफ्टिनेन्ट कर्नेल योनातान नेतान्याहुको स्मृतिमा स्मारक अनावरण गरेको छ । यो कदमलाई सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ ।

युगान्डाका सैन्य प्रमुख जनरल मुहोजी कैनेरुगाबाले शनिबार एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बाहिर आक्रमणकारी राइफल समातेको योनातान नेतान्याहुको पूर्णकद मूर्तिको अनावरण गरेका हुन् । 

समारोहमा युगान्डाका व्यवसायी बराक ओरल्यान्डसहित इजरायली समुदायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । कैनेरुगाबा राष्ट्रपति योवेरी मुसेभेनीका जेठा छोरा तथा सम्भावित उत्तराधिकारी मानिन्छन् ।

स्मारक अनावरणपछि कैनेरुगाबाले योनातान नेतान्याहुको सम्झना केवल एक सैनिकको सम्मानमा सीमित नभई साहस, निर्दोष नागरिकको रक्षा गर्ने अटल प्रतिबद्धता र कर्तव्यप्रतिको समर्पणको प्रतीक भएको बताए ।

सन् १९७६ मा एयर फ्रान्सको एउटा विमान अपहरण गरी एन्टेबे ल्याइएपछि दुई प्यालेस्टिनी र दुई जर्मन अपहरणकर्ताले यहुदी तथा इजरायली यात्रुहरूलाई छुट्याएर इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा नगरे उनीहरूलाई हत्या गर्ने धम्की दिएका थिए । त्यसपछि करिब एक सातासम्म वार्ता चले पनि अन्ततः इजरायलले उद्धार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

जुलाई ३, १९७६ मा इजरायली कमान्डोहरू विमानस्थलमा प्रवेश गरी अधिकांश बन्धकलाई सुरक्षित उद्धार गर्न सफल भएका थिए । उद्धार अभियानका क्रममा क्रसफायरमा तीन बन्धकको मृत्यु भएको थियो भने योनातान नेतान्याहु अभियानमा मारिने एकमात्र इजरायली कमान्डो बनेका थिए । एक घण्टाभन्दा कम समय चलेको कारबाहीमा दर्जनौँ युगान्डाली सैनिक पनि मारिएका थिए ।

त्यतिबेला युगान्डामा शासन गरिरहेका इदी अमिनले इजरायलसँग सम्बन्ध विच्छेद गरी प्यालेस्टिनी आन्दोलनलाई समर्थन गरेका थिृ । इजरायलको सफल उद्धार अभियानले अमिनलाई राजनीतिक रूपमा अप्ठ्यारोमा पारेको मानिन्छ । त्यसबेला अफ्रिकी एकताको सङ्गठन (हालको अफ्रिकी सङ्घ) ले उक्त कारबाहीलाई युगान्डाको सार्वभौमसत्तामाथिको हस्तक्षेप भन्दै आलोचना गरेको थियो ।

एन्टेबे उद्धार अभियान इजरायलको सैन्य इतिहासकै सबैभन्दा सफल कारबाहीमध्ये एक मानिन्छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसअघि आफ्ना दाजुको मृत्युले आफ्नै जीवनको दिशा परिवर्तन गरेको बताए ।

हाल युगान्डा र इजरायलबीच मैत्रीपूर्ण सम्बन्ध रहेको छ । राष्ट्रपति योवेरी मुसेभेनीले इजरायल–प्यालेस्टाइन द्वन्द्वको समाधानका लागि दुई–राष्ट्र अवधारणालाई समर्थन गर्दै आएका छन् । रासस

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ४ : १४ बजे

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र

कन्सल्टेन्सीको विरोध गरेपनि कार्यान्वयनमा आयो शैक्षिक परामर्श नियमावली

काठमाडौं– सरकारले नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा

ग्यास आपूर्ति सहज बनाउने प्रशासनको पहल

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा

पत्रकारको प्रश्न- तपाईंसँग सेना किन रिसायो ? राजुनाथको जवाफ- रिसाएको जस्तो लागेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग

प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व