नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो « Khabarhub

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १५ अङ्कले घटेर दुई हजार ६६३ दशमलव १८  अङ्कमा झरेको हो । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६६ अङ्कले घटेर ४६७ दशमलव ९६ पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ४० अङ्कले घटेर १८३ दशमलव ३३ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक एक दशमलव आठ अङ्कले घटेर १५८ दशमलव ५७ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड सात लाख ६१ हजार ३९६ कित्ता सेयर रु चार अर्ब सात करोड आठ लाख ५३ हजार ६१० मा खरिद बिक्री भएको छ । 

आज १३ उपसमूहमध्ये १३ वटै उपसमूह घटेका छन् । आज ५९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २१३ कम्पनीको सेयर घटेको छ । साथै पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंक, केबिएल डिबेञ्चर, गुडविल फाइनान्स लिमिटेड डिबेञ्चरलगायत लगानीकर्ताले गुमाएका छन् । 

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ४ : ४४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले