हिक्मत भन्छन् : पार्टीले राजीनामा दिनु भनेको छैन, किन दिने ? « Khabarhub

हिक्मत भन्छन् : पार्टीले राजीनामा दिनु भनेको छैन, किन दिने ?


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीले राजीनामा दिनु भनेर कुनै निर्देशन नदिएको बताएका छन्। 

मङ्गलबार अध्यक्ष ओलीसँग छलफलका लागि काठमाडौँ आएका कार्कीले खबरहबसँग केन्द्रीय नेतृत्व र पार्टीबाट आफूलाई राजीनामा दिन दबाब नदिएको उल्लेख गरे। 

‘पार्टीले राजीनामा दिनु भनेको छैन । मैले किन दिने? मेरै समकक्षी साथी कोशी प्रदेशका इन्चार्ज शेरधन राईले चाहिँ मार्ग प्रशस्त गर्दिनु भन्ने कुरा गर्नुभएको हो । पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्‍यो नि’, उनी भन्छन्, ‘कोशी प्रदेशको सरकार धारा ६८ को ५ बमोजिम बनेको हो त्यसकारण मलाई सांसदहरूले स्वैच्छिक हक प्रयोग गरेर मुख्यमन्त्री बनाउनुभएको छ त्यसकारण अहिले कोशीको विकल्प अरु हुन सक्दैन।’

हिक्मत ओलीसँगको भेटमा यसबारे बृहत् ब्रिफिङ गर्ने बताउँछन्। सुरुमा ओलीका विश्वासिला पात्र कार्की नेतृत्वको विकल्प खोज्नुपर्ने पक्षमा पुगेपछि उनलाई ठेगान लाउन खोजिएको हो ।

हिक्मत एमालेमा नेतृत्व हस्तान्तरण पुस्तान्तरण र पुनर्गठनको बहसको पक्षमा उत्रिदा ओलीलाई संकट परेको छ। 

हिक्मतले पार्टीमा व्यक्तिको निर्णय भन्दा पनि पार्टी सचिवालयको निर्णय मान्ने भन्दै सचिवालय बैठकले निर्णय गरेर आफू हट्नुपर्ने कुरा राखेको खण्डमा हट्न तयार भएको निकट व्यक्तिहरूसँग बताउँछन् । 

यता बागमतीमा पनि मुख्यमन्त्रीको विषयमा किचलो कायमै छ ओलीले संसदीय दलका नेता जगन्नाथलाई अगाडि नसार्न खोज्दा त्यहाँ पनि भाडबैलो भइरहेको छ। 

केन्द्रको ३ बुँदे गठबन्धन अनुसार कोशी, बागमतीमा एमालेको मुख्यमन्त्री दिने सन्दर्भमा किचलोका कारण एक सातादेखि ओलीले भाँडभैलो मच्चाइरहेका छन्।

ओली आफूनिकट नेताहरूलाई मुख्यमन्त्रीमा ल्याउन चाहन्छन् । तर संसदीय दलको नेता मुख्यमन्त्री हुने व्यवस्थाका कारण ओलीका विश्वास पात्र नभएको प्रदेशमा सकस छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ४ : ४९ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई