स्पेनी अदालतको फैसलाले आप्रवासन सङ्कट बढाएको मोरक्कोको दाबी « Khabarhub

स्पेनी अदालतको फैसलाले आप्रवासन सङ्कट बढाएको मोरक्कोको दाबी


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रबाट– समुद्री मार्गबाट स्पेन प्रवेश गर्ने आप्रवासीलाई तत्काल फिर्ता नगर्न स्पेनको सर्वोच्च अदालतले गरेको फैसलाले समस्या निम्त्याउने चेतावनी आफूले पहिले नै दिएको मोरक्कोले जनाएको छ ।

मोरक्कोका एक वरिष्ठ अधिकारीका अनुसार स्पेनी अदालतको उक्त फैसलापछि गत साता कम्तीमा ५० हजार मानिस (अधिकांश मोरक्कोका नागरिक) फनिडेक सहरबाट पैदल वा पौडी खेलेर स्पेनको स्वायत्त क्षेत्र सेउटामा प्रवेश गरेका थिए ।

यस अभूतपूर्व आगमनले उत्तर अफ्रिकास्थित स्पेनको सेउटामा ठूलो दबाब सिर्जना गरेको थियो । त्यसपछि हजारौँ आप्रवासी मोरक्को फर्किएका थिए ।

स्पेनको सर्वोच्च अदालतले जुलाई ८ मा समुद्री मार्गबाट आएका आप्रवासीलाई अन्य अवस्थाजस्तै तत्काल फिर्ता गर्न नहुने फैसला गरेको थियो । त्यसपछि म्याड्रिडले उक्त फैसलाबारे गलत सूचना फैलाएको आरोप आपराधिक तस्कर समूहमाथि लगाएको थियो ।

मोरक्कोका अधिकारीले जुलाई २२–२३ तिरै स्पेनी पक्षसँग सम्पर्क गरी उक्त फैसलाको सम्भावित प्रभावबारे छलफल गरिएको बताए ।

‘हामीले यो फैसलाले समस्या निम्त्याउने चेतावनी दिएका थियौँ, र अन्ततः त्यही भयो,’ उनले भने । तर स्पेनका सरकारकी प्रवक्ता एल्मा साइजले उक्त दाबी अस्वीकार गर्दै यस स्तरको आप्रवासी आगमनको पूर्वसूचना दिने कुनै प्रमाण वा प्रतिवेदन सरकारसँग नरहेको बताए ।

मोरक्कोका अधिकारीले सेउटामा भएको ठूलो आप्रवासी प्रवेशलाई आफ्नो सुरक्षा संयन्त्रको असफलता मान्न नमिल्ने बताए ।
‘मोरक्कोले बल प्रयोग गरेर सबैलाई रोक्न सक्थ्यो भन्ने तर्क यथार्थपरक होइन,’ उनले भने, ‘एक चरणपछि आप्रवासीको सङ्ख्या अत्यधिक भएकाले सुरक्षा निकायले नियन्त्रण गर्न सकेन ।’

उनले आप्रवासन व्यवस्थापन मोरक्कोको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै यसका लागि मोरक्कोले वार्षिक करिब ५० करोड युरो खर्च गर्दै आएको बताए ।

उनका अनुसार रबाट र म्याड्रिडले आप्रवासन व्यवस्थापनमा विश्वसनीय साझेदारका रूपमा पूर्णसमन्वयमा काम गरिरहेका छन् । ‘अदालती फैसलाले सिर्जना गरेका नयाँ चुनौतीको समाधान खोज्ने जिम्मेवारी अब स्पेनकै हो,’ती अधिकारीले भने ।

यद्यपि, मोरक्कोले आफ्नो प्रतिबद्धता यथावत् रहेको जनाउँदै स्पेनबाट फिर्ता पठाइएका आप्रवासीलाई स्वीकार गर्ने तथा गैरकानुनी प्रस्थान रोक्नका लागि रोकथामका उपायहरू जारी राख्ने जनाएको छ ।

स्पेन सरकारकी प्रवक्ता साइजले पनि सङ्कट व्यवस्थापनमा मोरक्कोको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यसबिनाको द्रुत प्रतिक्रिया सम्भव नहुने बताइन् । रासस

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ६ : ०१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले