पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी नजिकै भएको आत्मघाती बम विस्फोटमा सात जना प्रहरीसहित १७ जनाको मृत्यु हुनुका साथै अन्य २७ जना घाइते भएको जनाइएको छ । 

पाकिस्तानी पत्रिका डनका अनुसार स्वात प्रहरी प्रवक्ता नासिर इकबाल करीमीले आइतबारको आक्रमणमा १० जना सर्वसाधारण र सात जना प्रहरी कर्मचारीको मृत्यु हुनुका साथै १८ जना प्रहरी र नौ जना सर्वसाधारण घाइते भएको जानकारी दिँदै हताहतको सूची सार्वजनिक गरेका छन् ।

नजिकैको काबुल चोकमा कानुन र कानुनी व्यवस्थाको विरोधमा सार्वजनिक विरोध प्रदर्शन भइरहेको समयमा काबुल प्रहरी स्टेसन नजिकै आत्मघाती बम विस्फोट भएको बताइएको छ । 

स्वात प्रहरीका अनुसार प्रहरी कर्मचारीहरूले प्रहरी स्टेसनको प्रवेशद्वारमा उनीहरुलाई रोक्ने प्रयास गरेपछि आक्रमणकारीले विस्फोटक पदार्थ विस्फोट गरेको डनले जनाएको छ ।

विस्फोटलगत्तै ठूलो मात्रामा उद्धार अभियान सुरु गरिएको बताइएको छ । उद्धार अभियानमा ५० जनाभन्दा बढी उद्धारकर्मी संलग्न रहेको जनाइएको छ । 

उद्धार टोलीहरूले घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लैजानुअघि घटनास्थलमा प्राथमिक उपचार गरेको जनाइएको छ भने राहत तथा आक्रमणको अनुसन्धान जारी रहेको डनले जनाएको छ ।

आक्रमणमा मृत्यु भएका प्रहरीलाइ प्रहरी टोलीले गार्ड अफ अनर प्रदान गरेपछि अन्त्येष्टि सम्पन्न भएको अखबारले जनाएको छ ।

स्वात उपत्यकामा आतङ्कवादको पुनरुत्थानको विरोधमा भएको सार्वजनिक प्रदर्शनका क्रममा बम विस्फोट भएको थियो । त्यहाँ बासिन्दाहरू सुरक्षा पुनः स्थापना गर्न अधिकारीहरूबाट कडा कारबाहीको माग गर्न भेला भएका थिए ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

पछिल्लो समयमा पाकिस्तानमा आतङ्कवादी हिंसामा वृद्धि हुँदै जाँदा यो घटना भएको जनाइएको छ । पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडीजको तथ्याङ्कलाई उद्धृत गर्दै खैबर पख्तुनख्वामा जुलाई महिनामा आतङ्कवादसँग सम्बन्धित घटनामा १५४ जनाको मृत्यु भएको जनाइएको छ । रासस

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ६ : ३८ बजे

१५औँ महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा