भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली  « Khabarhub

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर, गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसहित २१ सदस्यीय टोली अध्ययन भ्रमणका लागि भारत प्रस्थान गरेको छ।

भारत सरकारको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत आयोजना गरिएको भ्रमणमा टोलीले भारतको हैदराबादस्थित राष्ट्रिय ग्रामीण विकास तथा पञ्चायती राज संस्थानमा कृषि, दिगो विकास र सुशासनसम्बन्धी विशेष तालिम लिनेछ।

भारतीय पक्षका अनुसार यो कार्यक्रम नेपाल र भारतबीच ज्ञान आदानप्रदान, संस्थागत क्षमता अभिवृद्धि तथा दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको हो।

हालका वर्षहरूमा स्थानीय तहका नेपाली जनप्रतिनिधिहरूको भारत अध्ययन भ्रमणको यो चौथो टोली हो। 

यसअघि कोशी प्रदेशको सङ्खुवासभा, कर्णाली प्रदेशको हुम्ला तथा सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, बैतडी र दार्चुलाका स्थानीय तहका प्रतिनिधिमण्डलले पनि यस्तै अध्ययन भ्रमण गरेका थिए।

भारतीय पक्षले यस्ता कार्यक्रममार्फत नेपाल र भारतबीच स्थानीय तहको स्तरमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउँदै लगिएको जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ८ : ११ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा